महिन्दा र बासिल राजपक्षेलाई देश छाड्न प्रतिबन्ध
मेरोन्यूज
२०७९ असार ३१ गते १९:५९

काठमाडौँ । श्रीलंकाको सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री महिन्दा राजपक्षे र पूर्व वित्त मन्त्री बासिल राजपक्षेलाई श्रीलंका छोड्न प्रतिबन्ध लगाएको छ ।
बासिल राजपक्षेले केही दिन पहिला श्रीलंका छाडेर जाने प्रयास गरेका थिए । विमानस्थलका कर्मचारीले उनलाई विमानमा सवार हुन दिएका थिएनन् ।
यसपछि श्रीलंकाको सर्वोच्च अदालतले दुवै नेतालाई शुक्रबारबाट २८ जुलाईसम्म देश छाडेर जान प्रतिबन्ध लगाइदिएको छ । यसअघि श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपक्षे देश छाडेर सिंगापुर पुगेका थिए ।
उनले त्यहीबाट इमेलमार्फत राजीनामा घोषणा गरेका थिए ।
उनी भागेसँगै प्रधानमन्त्री रनिल विक्रमसिंघेले अन्तरिम राष्ट्रपति पदको शपथ लिएका छन् ।
सम्बन्धित









एमाले महाधिवेशन: ११ केन्द्रीय सदस्य सर्वसम्मत
जेनजी सुशासन योद्धा : भट्ट परिवारको सहारा, कान्छो ढल्यो…
एमाले महाधिवेशन : दुई जनाकाे उम्मेदवारी खारेज र १५ ले लिए फिर्ता
इजरायलमा ५१३ जना प्यालेस्टिनी पक्राउ
दोहोरो अंकले बढ्यो सेयर बजार
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’ आयोजना हुने
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
एनपीएल च्याम्पियन लुम्बिनी लायन्सलाई प्रधानमन्त्रीकाे बधाई
प्रतिक्रिया