इन्डोनेसियाको बाढीमा ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्याे, उद्धार कार्य जारी

इन्डोनेसियाको सुमात्रा टापुका तीन प्रान्तमा आएको बाढी र पहिरोबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार नाघेको उल्लेख गर्दै २१८ जना अझै बेपत्ता रहेको इन्डोनेसियाको विपद् व्यवस्थापन एजेन्सी (बीएनपीबी) ले शनिबार जनाएको छ । एजेन्सिका अनुसार विपत्तिले मानवीय तथा पूर्वाधारमा व्यापक क्षति पुर्याएको छ भने उद्धार कार्य अझै जारी रहेको छ ।
बिएनपिबीको तथ्याङ्क अनुसार करिब एक हजार २०० सार्वजनिक सुविधाहरूका साथै २१९ स्वास्थ्य सुविधाहरू, ५८१ शैक्षिक सुविधाहरू, ४३४ मन्दिरहरु २९० कार्यालय भवनहरू र १४५ पुलहरू क्षतिग्रस्त भएका छन् ।
यसैबीच, इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबिआन्तोले शुक्रबार आचेहको विपद् प्रभावित क्षेत्रहरूको भ्रमणका क्रममा सरकारले समुदायको विभिन्न आधारभूत आवश्यकताहरू पूरा गर्न काम गरिरहेको बताएका छन् ।
विपद्को समयमा सबैले मिलेर स्थितिमा सुधार गर्ने आशा व्यक्त गर्दै सरकारले आवाश्यक सहयोग गर्ने प्रबोवोले बताएका छन् ।
उनले सबै नागरिकहरूलाई स्थिर रहन र सामान्यीकरणको प्रक्रियामा आफ्नो उत्साह कायम राख्न आह्वान गर्दै बालबालिकाका लागि पढाइ र सिकाइ लगायत सामुदायिक गतिविधिहरू चाँडै सामान्य अवस्थामा फर्कन सक्ने आशा व्यक्त गरेका छन् ।

















कांग्रेस केन्द्रीय अनुशासन समितिको कार्यविधि–२०८२ पारित
पोखरा विश्वविद्यालयका छ हजार छ सय २२ दीक्षित
दाङमा एमालेको झण्डा जलाएको विरोधमा काठमाडौँमा मसाल जुलुस
चोरीका मोटरसाइकलको पार्टपुर्जासहित तीन जना पक्राउ
स्कटल्यान्डविरुद्ध ७ विकेटको जितसँगै नेपालको विश्वकप यात्रा सकियो
शिवरात्रिको दिन पशुपतिमा प्रहरी कुट्ने युवक पक्राउ
बैतडीमा चार सय सात जनाले हातहतियार बुझाए
रूसले कब्जा गरेको युक्रेनी भूभागका बिषयले राेक्याे सम्झौता
प्रतिक्रिया