बाँकेमा २८१ फरार कैदी पक्राउ, १३४ वर्ष कैद बाँकी

काठमाडौँ । बाँकेमा प्रहरीले ठूलो संख्यामा फरार प्रतिवादी पक्राउ गरेको छ । विभिन्न मितिमा विभिन्न ठाउँबाट पक्राउ परेका उनीहरु चालू आर्थिक वर्ष २०७९–८० मा २८१ जना रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला अदालतबाट दोषी करार भएर कैद भुक्तानबाट बच्ने आशले उनीहरु फरार भए पनि दिनहुँजसो प्रहरीले जिल्लामा फरार प्रतिवादी पक्राउ गरेको छ । पक्राउ परेका ज्यान मार्ने उद्योग, लागुऔषध कारोबारी, जर्बजस्ती करणी, कुटपिट, ठगी मुद्दालगायतका रहेका छन् ।
उनीहरुबाट १३३ वर्ष ११ महिना १४ दिन कैद र ५६ लाख ५३ हजार ८३५ जरिवाना असुल गर्न बाँकी रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले फरार प्रतिवादीको संख्या अझै बढ्न सक्ने उल्लेख गर्दै फरार भएका प्रतिवादीमा अझै निगरानी बढाइएको बताए ।
उनले पक्राउ गरेका प्रतिवादीलाई अदालतमा हाजिर गराएर कारागार चलान गर्ने जानकारी दिँदै सीमा क्षेत्र भएकाले भारतमा गएर लुकेर बस्ने समस्या पनि देखिएको बताए । अदालतबाट तारेखमा छुटेर फैसला भएका पनि कतिपय फरार हुने गरेका छन् । यस्ता फरार प्रतिवादी ठूलो सङ्ख्यामा रहेको प्रहरीले जनाएको छ ।
















एमआरपी स्टिकर नटाँसिएका सामग्रीको भन्सार जाँचपास बन्द
निर्वाचन प्रणालीलाई थप व्यवस्थित बनाउन एकीकृत कानुन आवश्यकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
‘बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार’:राष्ट्रपति पौडेल
लगातार तेस्रो दिन घट्यो सेयर बजार, नेप्से २७३८ अंकमा
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
पार्टी संसदीय दलले राष्ट्रिय आवश्यकताअनुसार सबैलाई मिलाएर लैजान्छ : सभापति थापा
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
प्रतिक्रिया