नागरिक लगानी कोषले बढायो ब्याजदर
मेरोन्यूज
२०७९ साउन १ गते ७:५४

काठमाडौं । नागरिक लगानी कोषले निक्षेपको ब्याजदर बढाएको छ । कोषले सूचना जारी गर्दै साउन १ गतेदेखि लागू हुने गरी व्याजदर बढाएको जनाएको हो ।
जसअनुसार कर्मचारी बचत वृद्धि अवकाश कोषमा ६ दशमलव ५ प्रतिशतबाट ८ प्रतिशत पुर्याइएको छ । यस्तै, ८० प्रतिशत सहभागी ऋण सापटीको ब्याजदर १ दशमलव ५ प्रतिशत बढाएर ९ दशमलव ५ प्रतिशत कायम गरेको छ ।
आवास कर्जा र शैक्षिक कर्जामा पनि ब्याजदर बढाएर १०/१० प्रतिशत तोकिएको छ । सरल कर्जा र सवारी कर्जामा समान १० दशमलव ५ प्रतिशत ब्याजदर पुर्याइँदा उपदान योजना कोष, लगानीकर्ता अवकाश कोष र राष्ट्रसेवक कर्मचारी सावधिक जीवन बिमा कोषको ब्याजदर भने समान ७ दशमलव ५ प्रतिशत तोकिएको सूचनामा उल्लेख छ ।
८० प्रतिशत सापटी लगानीकर्ता अवकाश कोषमा ९ दशमलव ५ प्रतिशत ब्याजदर तोकिँदा नागरिक एकांक योजनाको ब्याजदर ९ प्रतिशत तोकिएको छ ।
सम्बन्धित















प्रतिनिधिसभा सदस्य निर्वाचनमा ४.७ प्रतिशत मत बदर
‘युएईमा अमेरिकी लुक्ने ठाउँहरूमा आक्रमण सुरु भयाे ‘- इरान
दक्षिण कोरिया र अमेरिका संयुक्त सैन्य अभ्यास गरिरहँदा उत्तर कोरियाकाे मिसाइल प्रक्षेपण
एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद (सूचीसहित)
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्छ, ‘तयार हुनु’ – इरान
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
बिहीबारदेखि मौसमी गतिविधि बढ्ने
इनिसा विक हत्या प्रकरण: थप अनुसन्धान सीआईबीले गर्ने
प्रतिक्रिया