एनआईसी एशिया बैंकको १० गुणा रकम प्राप्त योजनाको अवधि थपियो
मेरोन्यूज
२०७९ साउन १ गते १६:२३

काठमाडौँ । एनआईसी एशिया बैंकले २०७९ आसार १२ देखि निक्षेपको १० गुणासम्म प्राप्त हुने ‘एनआईसी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’को समयावधि थपिएको छ । बैंकले यस योजनालाई ०७९ श्रावण मसान्तसम्म निरन्तरता दिने निर्णय गरेको हो ।
आफ्ना निक्षेप योजनाहरूलाई सोही अनुरुप थप ग्राहकमैत्री बनाउन बैंकले योजनालाई निरन्तरता दिने निर्णय गरेको हो । यस योजनामा निक्षेपकर्ताले ५ वर्ष १० महिनादेखि १९ वर्ष १० महिनासम्म मुद्दती खातामा रकम जम्मा गरेअनुुसार दुई गुणादेखि १० गुणासम्म रकम फिर्ता पाउने छन् ।

ग्राहकले आफूले निक्षेप गरेको रकम र ब्याज गरी कूल रकमको ८० प्रतिशत बराबर कर्जासमेत लिन पाउने छन् ।
बैंकले हाल देशभरबाट ३५९ शाखा, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर र ८१ वटा शाखारहित बैंकिङ्गमार्फत् सेवा दिँदै आएको छ ।
सम्बन्धित














सुदूरपश्चिममा नेकपाका अधिकांश उम्मेदवारको टुङ्गो
भेनेजुएलाका उद्योगमन्त्री साबलाई पदबाट बर्खास्त
११ एसएसपीकाे सरूवा, काे कहाँ (सूचीसहित)
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
नेपाली कांग्रेसको सभापतिमा थापा निर्विरोध निर्वाचित
प्रतिक्रिया