सानिमाका सबै खातामा मासिक ब्याजसँगै बम्पर योजना

काठमाडौँ । नयाँ आर्थिक वर्षलाई लक्षित गरी सानिमा बैंकले सम्पूर्ण निक्षेप खातामा मासिक ब्याज प्रदान गर्ने भएको छ ।
बैंकले नेपाली तथा विदेशी मुद्राः अमेरिकी डलर, युरो, ब्रिटिस पाउण्ड, अस्ट्रेलियन डलर, आदिका खातामा महिनै पिच्छे ब्याज दिन लागेको हो । यो योजना बचत खाता, कल खाता तथा सम्पूर्ण खातामा लागू भएको छ ।
साथै न्यूनतम अवधिमा ५ गुणासम्म हुने व्यक्तिगत तथा संस्थागत सानिमा धमाका मुद्दती खाता ल्याएको छ ।
मुद्दती निक्षेप रकम परिपक्वता पश्चात् एकमुष्ट ५ गुणासम्म भुक्तानी गरिने छ । व्यक्तिगत ग्राहकलाई आवश्यक परेमा निक्षेपको ९० प्रतिशतसम्म ऋण, तथा निःशुल्क क्रेडिट कार्डको लिन सक्ने व्यवस्था पनि गरिएको छ ।
मासिक बचत गरी अधिकतम ब्याज आर्जन गर्न चाहने ग्राहकलाई लक्षित गरी मासिक प्राप्त ब्याज तथा किस्ता रकमसमेत मुद्दतीमा नै जम्मा हुने गरी १ देखि ५ वर्षको सानिमा रिकरिङ्ग खातासमेत सुरु गरेको छ । यसमा भविष्यमा ब्याज घट्ने चिन्ता हुँदैन ।
सानिमा बंैकको देशका सातै प्रदेशमा १२७ कार्यालय र १२० वटा ए.टि.एम. संचालनमा रहेका छन् ।
















नाडाको नवनिर्वाचित अध्यक्षलाई पदभार हस्तान्तरण
कान्तिपुरका प्रधान सम्पादक उमेश चौहानले दिए राजीनामा
वन मन्त्रालयमा ‘जेड्सी’ कार्यान्वयन
अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह
Three killed in separate incidents
मोदीको पोस्टमा बालेनको रिप्लाई : नेपाल–भारत सम्बन्ध परिणाममुखी हुने विश्वास छ
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो- आफ्नो राहदानी सुरक्षित राख्नू
मध्यपूर्व युद्धः लेबनानमा एक लाख मानिस विस्थापित
टी–२० विश्वकप विजेता भारतलाई १ करोड ४० लाख डलर पुरस्कार
प्रतिक्रिया