२२५ स्थानीय तहले अझै पेश गरेनन् बजेट
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अझै २२५ वटा स्थानीय तहले बजेट पेश नगरेको बताएको छ ।
नयाँ आर्थिक वर्ष आजबाट सुरु भइसके पनि २२५ वटा स्थानीय तहले अझै बजेट पेश गर्न नसकेको मन्त्रालयले जनाएको हो ।
बजेट पेश गरेर पास नगरेसम्म स्थानीय तहले चालु आर्थिक वर्षमा रकम खर्च गर्न पाउने छैनन् । मन्त्रालयका अनुसार हालसम्म ७५३ मध्ये ५२८ वटा स्थानीय तहले आर्थिक वर्ष २०७९-८० को बजेट पेश गरेका छन् ।
हालसम्म बजेट पेश गर्नेमा प्रदेश १ का १०२, मधेस प्रदेशका ७०, बागमती प्रदेशका ८४, गण्डकी प्रदेशका ७२, लुम्बिनी प्रदेशका ८३, कर्णाली प्रदेशका ५६ र सुदूरपश्चिम प्रदेशका ६१ स्थानीय तह रहेका छन् ।
बजेट पेश नगर्नेमा प्रदेश १ का ३५, मधेश प्रदेशका ६६, बागमती प्रदेशका ३५, गण्डकी प्रदेशका १३, लुम्बिनी प्रदेशका २६, कर्णाली प्रदेशका २३ र सुदूरपश्चिम प्रदेशका २७ वटा स्थानीय तह छन् ।















अमेरिकी सैन्य विमान इराकमा दुर्घटना : चालक दलका छ जनाको मृत्यु
नेपाल–इन्डो क्रिकेटः भारतको पिथौरागढ सेमिफाइनलमा
ओलीलाई बालेनको समवेदना- पिताको अनुपस्थितिले कति रित्तोपन ल्याउँछ, मलाई महसूस छ
कांग्रेसले चुनावमा अनुशासन उल्लङ्घनका उजुरीको अध्ययन गर्ने
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
आज २०८२ साल फागुन २७ गते बुधबारको राशिफल
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्छ, ‘तयार हुनु’ – इरान
प्रधानन्यायाधीशका लागि ६ न्यायाधीशको नाम सिफारिस
प्रतिक्रिया