श्रीलंकामा जस्तै शासकहरु भाग्ने दिन नेपालमा पनि छिट्टै आउँछ : गजुरेल

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी कमिटि सदसय सिपि गजुरेल (गौरव)ले नेपालमा श्रीलंकामा जस्तै जनताको जनआन्दोलनको आँधीवेहेरी एक दिन फेरि उठ्ने वताएका छन् ।
जनविरोधी हर्कत गर्ने शासकहरु धेरै दिन टिक्न नसक्ने भन्दै गजुरेलले श्रीलंकाली जनताले जनआन्दोलनको बलवाटै त्यहाँको राष्ट्रपति देशै छोडेर भाग्नुपर्ने अवस्थासम्म पुरयाएको बताएका छन् ।
अखिल (क्रान्तिकारी) पाटन संयुक्त क्याम्पस इकाई समितिले सोमबार आयोजना गरेको ′पाटन फुटसल प्रतियोगिता’को पुरस्कार वितरण कार्यक्रमलाई सम्वोधन गदै नेता गजुरेलले नेपालमा पनि श्रीलंकाकै जस्तो दिन नआउँला भन्न नसकिने बताए ।
′श्रीलंकाको जनताले राष्ट्रपति भवन गए, प्रधानमन्त्री भवन पुगे र ति कार्यालयहरु कब्जा जमाए । अन्ततः जनताको अगाडी कसैको केही लाग्दैन भन्ने उदाहरण त्यहाँ हालै देखियो । राष्ट्रपति कार्यालय नैं छोडेर भागे,’ गजुरेलले भने, ′नेपालमा पनि त्यो स्थिती नआउँला भन्न सकिदैन । एउटा गोली पनि नचलाई कसरी राष्ट्रपति कार्यालय जनताले कब्जा गरेर देखाए । जनताले चाहे जे पनि गर्न सक्छन् भन्ने उदाहरण श्रीलंकामा देखा परेको छ । नेपालमा पनि यही परिस्थिती निर्माण हुन सक्छ । त्यो दिन धेरै टाढा छैन ।’
नेपालका शासकहरु देशप्रति इमान्दार नभएको र विदेशीहरुको इशारामा चल्न थालेकोले छिटटै राष्टवादी नेपालीहरुले विदेशीका सामु आत्मसमर्पण गर्ने शासकहरुलाई श्रीलंकाकै राष्टपतिको वाटोमा पुरयाईदिने नेता गजुरेलको भनाई थियो ।
उनले एमसीसीको विरोधमा अखिल क्रान्तिकारीले सडकको मोर्चामा देखाएको संर्घषको पनि मुक्त कन्ठाले प्रशंसा गरे । क्रान्तिकारी विधार्थीहरुले नै एमसीसी विरोधी मोर्चा र आन्दोलनको नेतृत्व गरेको गजुरेलेको भनाई थियो । उनले शिक्षा र स्वास्थ्य निशुल्क हुनुपर्ने माग अखिल क्रान्तिकारीको रहेको भन्दै त्यसका लागि पनि संर्घष केन्द्रीत गर्न क्रान्तिकारी विधार्थीहरुलाई निर्देशन दिए ।
कार्यक्रममा अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले विधार्थीहरुले जिज्ञासु भएर राजनीतिमा पहल लिनुपर्ने बताए । उनले गलत मानिस देशको वागडोर सम्हाले ठाँउमा पुग्दा देश विग्रने भन्दै विधार्थीहरुले राजनीतिमा सचेत भएर सही पहलकदमी लिनुपर्ने बताए ।
कार्यक्रममा प्राध्यापक संगठनका केन्द्रीय अध्यक्ष जगदिशचन्द्र भण्डारी, अखिल क्रान्तिकारीकी केन्द्रीय उपाध्यक्ष शिलु न्यौपाने लगायतले पनि सम्वोधन गरेका थिए ।

















सुकुम्वासी सेल्टरका २३ बिरामीलाई वीर र कान्ति रिफर
पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
सुरक्षित, समावेशी तथा दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्रमुख प्राथमिकता हो : सञ्चारमन्त्री
आठ वर्षपछि प्रियंकाले देखिन् उज्यालो संसार
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
प्रतिक्रिया