छिट्टै स्थिर सरकार गठन नभए श्रीलंका ‘सट डाउन’ हुन्छः गर्भनर

कोलम्बो । श्रीलंकाको केन्द्रीय बैंकका गभर्नर नन्दलाल विरासिंघेले छिट्टै स्थिर सरकार गठन नभए देश ‘सट डाउन’ हुन सक्ने चेतावनी दिएका छन् । उनले भने, ‘अत्यावश्यक पेट्रोलियम पदार्थका लागि पर्याप्त विदेशी मुद्रा पाउन सकिन्छ कि सकिदैन भन्नेमा धेरै अनिश्चितता छ ।’
उनले अगाडि थपे, ‘अन्तर्राष्ट्रिय बेलआउट प्याकेज प्राप्त गर्ने प्रगति स्थिर प्रशासनमा भर पर्छ । आर्थिक संकटलाई लिएर सर्वसाधारणको प्रदर्शन जारी छ । राष्ट्रपति गोटाबाय राजापाक्षे विदेश भागेका छन् र कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिंघेले देशका विभिन्न स्थानमा कफ्र्यु लगाएका छन् ।
श्रीलंकाली अर्थतन्त्र ध्वस्त भएको छ । खाद्यान्न, इन्धन र अन्य आधारभूत आपूर्तिहरूको मूल्य सामान्य मानिसहरूको लागि छोइनसक्नु भएको छ ।
धेरैले राजपाक्षे प्रशासनलाई संकटको कुप्रबन्ध गरेको आरोप लगाउँछन् र मेमा प्रधानमन्त्री बनेका श्री विक्रमासिंघेलाई समस्याको एउटा अंशको रूपमा लिएका छन् ।
अप्रिलमा मात्र केन्द्रीय बैंकको गभर्नरको रूपमा पदभार ग्रहण गरेका नन्दलाल विरासिंघेले स्थिर प्रशासन बिना आवश्यक वस्तुहरू कसरी उपलब्ध गराउने भन्ने बारे अगाडिको बाटो नदेखेको बताए ।
‘हामीले यो महिनाको अन्त्यसम्म डिजेलको कम्तिमा तीन ढुवानी र केही एक वा दुईवटा पेट्रोल ढुवानीका लागि रकम बुझाउन सक्छौँ । तर, त्यसपछि हामी पर्याप्त विदेशी मुद्रा उपलब्ध गराउन सक्षम हुनेछौं कि छैन भन्नेमा धेरै अनिश्चितता छ,’ उनले थपे ।
















वीरगञ्ज नाका हुँदै तीन अर्बको विद्युतीय सवारीसाधन आयात
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
आजदेखि नयाँ शैक्षिकसत्र सुरु
यस्तो छ आज तरकारीको थोक मूल्य
अन्तराष्ट्रिय बजारमा लगातार सातौँ दिन तेलको मूल्य वृद्धि
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
प्रतिक्रिया