एआईजी विश्वराज पोखरेलले दिए राजीनामा

काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले पदबाट राजीनामा दिएका छन् । प्रहरी प्रधान कार्यालय नक्साल पुगेर भोलिदेखि लागू हुने गरी उनले सोमबार राजीनामा बुझाएका हुन् ।
पोखरेल निकट स्रोतका अनुसार प्रहरी नियमावली अनुसार ४५ दिनसम्म गयल हाजिर भएमा बर्खास्तसम्म गर्न सकिने व्यवस्था भएकाले त्यसअघि नै राजीनामा दिएका हुन् ।
आईजीपी नियुक्ति भएसँगै एआईजी पोखरेल एक महिना बिदामा बसेका थिए । त्यसपछि उनले पुनः बिदाका लागि निवेदन दिएका थिए । तर, आईजीपी सिंहले बिदा अस्वीकृत गरिदिएका थिए ।
एक महिनाको बिदा सकिएलगत्तै एआईजी पोखरेल आफ्नो जिम्मेवारी पूरा गर्न कार्यालय गएका थिएनन् । उनी प्रहरीमा आफ्नो दायित्व पूरा गर्नुभन्दा सर्वोच्चमा परेको मुद्दामा बढी केन्द्रीत भएका थिए । प्रहरीको नियमावलीअनुसार ४५ दिनसम्म कुनै कर्मचारी गैरहाजिर भए त्यो कर्मचारी स्वतः बर्खास्त हुने व्यवस्था रहेको छ ।
वरिष्ठता मिचेर १६ महिना जुनियरलाई आईजीपी बनाउने सरकारको निर्णय बदरको मागसहित एआईजी पोखरेलले गत वैशाख १९ गते सर्वोच्चमा मुद्दा दायर गरेका थिए । वरिष्ठता मिचिएको सन्दर्भमा सर्वोच्चको यसअघिको फैसला नै बलियो नजिर भएकाले प्रथम दृष्टिमै सरकारको निर्णय बदर हुने जिकिर रिटमा गरिएको छ ।
















सुकुम्वासी सेल्टरका २३ बिरामीलाई वीर र कान्ति रिफर
पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
सुरक्षित, समावेशी तथा दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्रमुख प्राथमिकता हो : सञ्चारमन्त्री
आठ वर्षपछि प्रियंकाले देखिन् उज्यालो संसार
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
प्रतिक्रिया