हुन्डाईले सुरु गर्यो “गोल अफ द सेन्चुरी” अभियान

काठमाडौं । विश्वकप फुटबल -२०२२ लाई मध्यनजर गर्दै हुन्डाईले “गोल अफ द सेन्चुरी” अभियान अन्तर्गत नयाँ अफर ल्याएको छ। यस अफर अन्तर्गत ग्राहकहरूले हुन्डाईको नेपालभरि रहेका कुनै पनि सोरुममा कुनै पनि कार टेस्ट-ड्राइभ गरी फिफा विश्वकप- २०२२ प्रत्यक्ष हेर्न जाने मौका पाउनेछन्।
साउन ३ गते बाट सुरु हुने यस अफरमा नेपालभरका कुनै पनि व्यक्तिले आफ्नो ड्राइभिंग लाइसेन्स लिएर आधिकारिक हुन्डाई सोरुममा रजिस्टर गरी सहभागी हुन सक्नेछन्।
यो अफरको अन्त्यमा लक्की ड्र मार्फत दुईजना भाग्यशाली विजेताहरूको छनोट गरिनेछ। प्रत्येक विजेताले उपहार स्वरूप आफूलाई मनपर्ने एकजना अर्को व्यक्तिसँग कतार गई विश्वकप लाइभ हेर्न पाउनेछन्। यसरी जम्माजम्मी चारजना हुन्डाईको स्पन्सरसीपमा कतार जान पाउनेछन्।
हुन्डाई मोटर्सको हस्पिटालिटी प्रोग्राम मार्फत ल्याईएको यो अफर नेपालका लागि हुन्डाईको आधिकारिक विक्रेता लक्ष्मी
इन्टरकन्टिनेन्टल प्रा. लि.ले संयोजन गरेको छ।
अफर मार्फत कम्पनीले “गोल अफ द सेन्चुरी” अभियान अन्तर्गत पर्यावरण दिगोपनको लागि हुन्डाईले गरेको प्रयासमा सबैलाई जोड्ने लक्ष्य राखेको छ। साथै फुटबलको विश्वव्यापी आकर्षणका कारण फुटबल मार्फत पर्यावरणमैत्री व्यवहार अवलम्बन गर्न प्रोत्साहन गर्ने हेतुले पनि यो अफर ल्याईएको हो।














२७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता
नेपाल एसबीआई बैंक लुटपाट आरोपमा सात जना पक्राउ, घरधनीनै मुख्य योजनाकार
अस्ट्रेलियामा बालबालिका खातामा कडाइ
गगन थापा पक्षलाई मान्यता दिने निर्वाचन आयोगकाे निर्णय
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
हाफ म्याराथनको उपाधि गुरुङलाई
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
सुनचाँदीको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, आज ताेलाकाे कति ?
प्रतिक्रिया