बजेट प्रकरण : संसदीय छानबिन समितिको म्याद थपको तयारी
काठमाडौं । बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता भएको भनिएको विषयमा छानबिन गर्दै आएको संसदीय विशेष समितिले तोकिएको अवधिभित्र काम पूरा गर्न नसकेपछि म्याद थपको प्रक्रिया अघि बढाइएको छ ।
आज बस्ने संसदको बैठकमा सभामुख अग्नि प्रसाद सापकोटाले समितिलाई थप समय उपलब्ध गराउने स्रोत बताउँछ ।
२२ असारमा समिति गठन गरी काम सुरु गरेको मितिले १० दिनको समय उपलब्ध गराइएको थियो ।
तोकिएको समयमा काम पूरा नभएकाले थप समय माग गरिएको समितिका सचिव सुरेन्द्र अर्यालले जानकारी दिए ।
उनले सीसीटीभी फुटेज रिकभर गर्न प्रहरीमा पठाइसकेको र त्यसको रिपोर्ट कहिले आउँछ भन्ने टुंगो नभएको पनि बताए ।
छानबिनको क्रममा समितिले निवर्तमान अर्थमन्त्री शर्मासँग बिहीबार करिब ३ घण्टासम्म सोधपुछ गरेको छ ।
शर्माले बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता भएको भन्ने आरोपको खण्डन गरेका थिए ।
यसअघि सीसीटीभी फुटेज माग गर्दा अर्थ मन्त्रालयका अधिकारीहरुले १३ दिनभन्दा बढी समयको व्याकअप नहुने भन्दै जेठ १४ गतेको फुटेज डिलिट भएको जवाफ दिएका थिए ।
















सुकुम्वासी सेल्टरका २३ बिरामीलाई वीर र कान्ति रिफर
पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
सुरक्षित, समावेशी तथा दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्रमुख प्राथमिकता हो : सञ्चारमन्त्री
आठ वर्षपछि प्रियंकाले देखिन् उज्यालो संसार
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
प्रतिक्रिया