आईएमई लाइफ इन्स्योरेन्सले पायो ट्रिपल बि रेटिङ्ग

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले ‘केयरएनपी ट्रिपल बि’ रेटिङ्ग प्राप्त गरेको छ । रेटिङ्ग एजेन्सी केयर नेपालका अनुसार उक्त रेटिङ्गले समयमा नै वित्तीय दायित्व पूरा गर्न सक्षम रहेको मध्यम स्तरको सुरक्षित कम्पनी जनाउँदछ ।
कम्पनीले आफ्ना लगानीकर्ता तथा सम्पूर्ण हितकारीको सुरक्षाका निम्ति आफ्ना जोखिमलाई न्युनीकरण गर्दै लगेकोसमेत यस रेटिङ्गले थप पुष्टि गर्छ । आगामी दिनमा कम्पनीले आफ्ना परिसूचक अझ सशक्त गर्दै लैजाने कुरामा कम्पनी अझै प्रतिबद्ध रहेको जनाएको छ ।
कम्पनीले १४० वटा शाखा कार्यालयबाट बिमितलाई सेवा प्रदान गर्दै आइरहेकोे छ । साथै कम्पनीमा २७ हजार भन्दा धेरै अभिकर्ताहरु आबद्घ रहेका छन् । कम्पनीले नविनतम सेवा उपलब्ध गराउँदै जाने क्रममा कम्पनीको वेवसाइड र मोबाइल एप्समा राखिएको च्याटबोटमार्फत बिमित तथा अभिकर्ताका लागि उपयोगी हुने विविध सेवा तथा सूचनाहरु प्रदान गर्दै आएको छ ।
इन्स्योरेन्स कम्पनीले पाँच वर्षअगाडि जीवन बीमा व्यवसाय गर्न लाइसेन्स प्राप्त गरेको थियो । कम्पनीमा ग्लोबल आइएमई बैक, आइएमई गु्रप लगायत ठुला प्रतिष्ठीत व्यवसायिक समुहहरुको लगानी रहेको छ ।














२७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता
नेपाल एसबीआई बैंक लुटपाट आरोपमा सात जना पक्राउ, घरधनीनै मुख्य योजनाकार
अस्ट्रेलियामा बालबालिका खातामा कडाइ
गगन थापा पक्षलाई मान्यता दिने निर्वाचन आयोगकाे निर्णय
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
हाफ म्याराथनको उपाधि गुरुङलाई
सुनचाँदीको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, आज ताेलाकाे कति ?
प्रतिक्रिया