अफगान सरकारको आलोचना गर्नेलाई कडा सजाय
मेरोन्यूज
२०७९ साउन ७ गते ७:२९

काबुल । तालिबानले एउटा नयाँ आदेश जारी गर्दै ‘इस्लामिक इमिरेट्स अफ अफगानिस्तान’का विद्वान र सार्वजनिक सेवकहरूको बिना कुनै प्रमाण आलोचना गर्नेहरूलाई सजाय दिने चेतावनी दिएको छ । यस्तो सजाय इशारा, शब्द वा अन्य जुनसुकै माध्यममार्फत हुन सक्ने उसले जनाएको छ ।
तालिबानका प्रवक्ता जबिउल्लाह मुजाहिदले आफ्ना नेता मुल्ला हेबतुल्लाह अखुन्दजादालाई श्रेय दिँदै उक्त नयाँ निर्देशन प्रकाशित गरेका छन् ।
तालिबानका सर्वोच्च नेता अखुन्दजादाको नयाँ निर्देशनअनुसार जनतालाई सरकारी कर्मचारी र अधिकारीविरुद्ध अनावश्यक आरोपहरू रोक्न उर्दी दिइएको छ ।
केही मानवअधिकार संगठन र मिडिया रिपोर्टअनुसार तालिबानले सोशल मिडियामा आलोचना गर्ने केही व्यक्तिहरूलाई गिरफ्तार, कैद र यातना दिएको छ । तालिबान नेताको नयाँ निर्देशनमा त्यस्ता कार्यहरूलाई ‘नकारात्मक प्रचार’को रूपमा लिइएको छ ।
सम्बन्धित










यू–१९ एसिया कप : नेपालले अफगानिस्तानलाई दियो १२५ रनको लक्ष्य
काठमाडौँ-७ बाट कांग्रेसका १९ उम्मेदवार सिफारिस
पक्राउ परेका श्रम संस्कृति पार्टीका उपाध्यक्ष तामाङ पार्टीबाट निलम्बित
नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
प्रतिक्रिया