सहयोगीको साथबाट २० करोड भारु बरामदपछि पश्चिम वंगालका मन्त्री पक्राउ

कोलकाता । सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पश्चिम बंगालका उद्योग तथा वाणिज्य मन्त्री पार्थ चटर्जी पक्राउ परेका छन् । राज्यमा शिक्षक भर्ती घोटालासँग सम्बन्धित मुद्दामा भ्रष्टाचार विरोधी निकाय प्रवर्तन निर्देशनालयले उनलाई पक्राउ गरेको हो । आफ्ना निकट सहयोगीबाट २० करोड भारु बरामद भएको केही घण्टापछि चटर्जी पक्राउ परेका हुन् ।
नगद बरामदलाई लिएर प्रहरीले तृणमूल कंग्रेसका नेतासमेत रहेका चटर्जीलाई रातभर सोधपुछ गरिएको थियो । तर, अनुसन्धानकर्तालाई उनले सहयोग नगरेकाले उनी शनिबार बिहान पक्राउ परेका भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
‘पार्थ चटर्जीलाई रातभरको सोधपुछ पछि गिरफ्तार गरिएको थियो । सोधपुछको क्रममा चटर्जीले असहजताको गुनासो गरेपछि अनुसन्धानकर्ताहरूले ल्याएका दुई डाक्टरहरूले उनको स्वास्थ्य जाँच गरेका थिए । डाक्टरहरूले अनुमति दिएपछि फेरि सोधपुछ सुरु भयो’, आधिकारिक स्रोतलाई उदृत गर्दै भारतीय सञ्चार माध्यम एनडीटीभीले जनाएको छ ।
हाल, उद्योग र वाणिज्य मन्त्री चटर्जीले घोटालाको समयमा शिक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।










एमालेको मतदान समय सारियो, अब बुधबार बिहान ८ बजेदेखि
निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग
आगामी आवको बजेट निर्माण प्रक्रिया सुरु
…अनि मनभरि आशा बोकेर सिंहदबार छिरे जयलाल
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
कांग्रेसले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक
एमाले महाधिवेशनमा बन्द सत्र सुरु
प्रतिक्रिया