यामाहा नेपालले ल्यायो यामाहा फाइनान्सको नयाँ ईएमआई सुविधा

काठमाडौँ । नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक बिक्रेता यामाहा नेपालले बहुसुविधासहितको नयाँ ईएमआई बजारमा ल्याएको छ । देशमा व्याप्त आर्थिक मन्दिको असरलाई ध्यानमा राखेर सेवाग्राहीलाई सहुलीयतपूर्ण ईएमआईमा यामाहाको कुनै पनि बाइक तथा स्कुटर उपलब्ध गराउने उद्देश्यका साथ गत शुक्रबारबाट यस फाइनानसिङ योजना सञ्चालनमा ल्याइएको हो ।
कम्पनीका अनुसार उक्त योजनाअन्तर्गत यामाहाको कुनै पनि बाइक तथा स्कुटर लिन चाहने सेवाग्राहीले अब मात्र ४० प्रतिशत अग्रीम भुक्तानी गरी १८ महिने, २४ महिने र ३० महिनेसम्मको अधिक फाइनानसिङ सुविधाको लाभ लिन सक्ने छन् ।
यामाहाको बाइक तथा स्कुटर खरिद गर्दा ग्राहकले विभिन्न ‘प्राइस रेञ्ज’अन्तर्गत निम्न ईएमआई अफरहरू प्राप्त गर्न सक्नेछन्ः
यस योजनाअन्तर्गत ३,२३,९०० रुपैयाँ पर्ने एफ्जेड १६ एफआईको खरिदमा ४० प्रतिशत अग्रीम भुक्तानी गर्दा १८ महिने, २४ महिने र ३० महिने योजनागरी प्रतिमहिना क्रमशः ११,३१६, ८,७८९ र ७,३४७ रुपैयाँको ईएमआई भुक्तान गर्नु पर्ने छ ।
३,४७,९०० पर्ने एफ् जेड एक्स एफ्आई डब्ल डिस्कको खरिदमा ४० प्रतिशत अग्रीम भुक्तानी गर्दा १८ महिने, २४ महिने र ३० महिने यजनागरी प्रतिमहिना क्रमशः १२,१५४, ९,४४० र ७,८९२ रुपैयाँको ईएमआई भुक्तान गर्नु पर्नेछ । यसैगरी, ३,९४,९०० पर्ने एफ्जेडएक्स भि ०३ एक्स( कनेक्टको खरिदमा ४० प्रतिशत अग्रीम भुक्तानी गर्दा १८ महिने, २४ महिने र ३० महिने यजनागरी प्रतिमहिना क्रमशः १३, ७९१, १०,७१५ र ८,९५८ रुपैयाँको ईएमआई भुक्तान गर्नु पर्नेछ । ४,३५, ९०० पर्ने एफजेड एक्सको खरिदमा ४० प्रतिशत अग्रीम भुक्तानी गर्दा १८ महिने, २४ महिने र ३० महिने यजनागरी प्रतिमहिना क्रमशः १५,२२९, ११,८२८ र ९,८८८ रुपैयाँको ईएमआई भुक्तान गर्नु पर्ने कम्पनीले जनाएको छ ।
कम्पनीको अनुसार, एम्टी १५ बि एण्ड बि, आर १५ भि ३, र आर १५ एम मोडलको बाइक खरिद गर्ने चाहनेहरूले भने ५० प्रतिशत अग्रीम भुक्तानी गर्नु पर्नेछ । एम्टी १५ बि एण्ड बि मोडलको खरिदमा १८ महिने, २४ महिने र ३० महिने यजनागरी प्रतिमहिना क्रमशः १४,०८८, १०,९४२, र ९,१४७ रुपैयाँको ईएमआई भुक्तान गर्नु पर्नेछ । आर १५ भि ३ मोडलको खरिदमा १५,२८२, ११, ८६९, र ९,९२२ रुपैयाँको ईएमआई भुक्तान गर्नु पर्नेछ । आर १५ एमको खरिदमा १८ महिने, २४ महिने र ३० महिने यजनागरी प्रतिमहिना क्रमशः १७,११६, १३,२९३ र ११,११३ रुपैयाँको ईएमआई भुक्तान गर्नु पर्नेछ ।
यसैगरी, रेजेड्आर ड्रम १२५, रेजेड् ११३ र रेजेड्आर स्ट्रीट र्याली १२५ एक्स कनेक्ट मोडलका स्कुटरहरू खरिद गर्न चाहनेहरूले ४० प्रतिशत अग्रीम भुक्तानीमा लिन सक्ने कम्पनीले जनाएको छ । रेजेड्आर ड्रम १२५ मोडलको खरिदमा १८ महिने, २४ महिने र ३० महिने यजनागरी प्रतिमहिना क्रमशः ९,१५०, ७,१०६ र ५,९४१ रुपैयाँको ईएमआई भर्नु पर्नेछ । रेजेड् ११३ मोडलको स्कुटरको खरिदमा क्रमशः ७,६८२, ५,९६७ र ४,९८८ रुपैयाँको ईएमआई भर्नु पर्नेछ ।
त्यसैगरी, रेजेड्आर स्ट्रीट र्याली १२५ एक्स कनेक्ट मोडलको स्कुटर खरिद गर्न चाहनेहरूले १८ महिने, २४ महिने र ३० महिने यजनागरी प्रतिमहिना क्रमशः १०,१२८, ७,८६६, र ६,५७६ रुपैयाँको ईएमआई भर्नु पर्ने कम्पनीले जानकारी दिएको छ ।














सुदूरपश्चिममा नेकपाका अधिकांश उम्मेदवारको टुङ्गो
भेनेजुएलाका उद्योगमन्त्री साबलाई पदबाट बर्खास्त
११ एसएसपीकाे सरूवा, काे कहाँ (सूचीसहित)
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
नेपाली कांग्रेसको सभापतिमा थापा निर्विरोध निर्वाचित
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
आज २०८२ साल माघ १ गते बिहीवारको राशिफल
प्रतिक्रिया