शुक्रबार, मंसिर १२, २०८२

एसिया कप क्रिकेट यूएईमा हुने

मेरोन्यूज २०७९ साउन १२ गते ७:३७

काठमाडौँ । श्रीलंकामा हुने भनिएको एसीसी एसिया कप क्रिकेट २०२२ प्रतियोगिता संयुक्त अरब इमिरेट्स (यूएई)मा आयोजना हुने भएको छ ।

एसियन क्रिकेट काउन्सिल (एसीसी) श्रीलंकामा आर्थिक संकट र नागरिकको आन्दोलनको कारण एसियन कप यूएईमा स्थानान्तरण गरेको हो ।

टी २० फर्म्याटमा आयोजना हुने एसिया कप निर्धारित समय (अगस्ट २७ देखि सेप्टेम्बर ११ सम्म)मै हुने एसीसीले जनाएको छ । एसिया कपमा साबिक विजेता भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तानले सहभागी जनाउने छन् । यस्तै, छनोट प्रतियोगिताबाट एक राष्ट्र गरी ६ टिम सहभागी हुने छन् ।

प्रतिक्रिया