नेपालीले एक वर्षमा ३ करोड १४ लाखभन्दा बढीको पानको पात चपाए
मेरोन्यूज
२०७९ साउन १३ गते १३:२४

काठमाडौं । नेपालले गत आर्थिक वर्ष २०७८/०७९ मा ३ करोड १४ लाख रुपैयाँभन्दा बढीको पानको पात आयात गरेको छ ।
२०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा उक्त मूल्य बराबरको पानको पात नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ ।
सो अवधिमा नेपालले ३ करोड १४ लाख ८७ हजार रुपैयाँको पानको पात आयात गरेको छ । विभागका अनुसार उक्त मूल्यमा १ लाख ५३ हजार १०३ केजी पानको पात नेपाल भित्रिएको छ । नेपाल भित्रने सबै पानको पात भारतबाट आउने गरेको विभागले जनाएको छ ।
अघिल्लो आर्थिक वर्ष २०७७/०७८ मा नेपालले २ करोड ३७ लाख ९४ हजार रुपैयाँमा १ लाख ३३ हजार ५७३ केजी पानको पात भारतबाट आयात गरेको थियो ।
सम्बन्धित














सुदूरपश्चिममा नेकपाका अधिकांश उम्मेदवारको टुङ्गो
भेनेजुएलाका उद्योगमन्त्री साबलाई पदबाट बर्खास्त
११ एसएसपीकाे सरूवा, काे कहाँ (सूचीसहित)
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
नेपाली कांग्रेसको सभापतिमा थापा निर्विरोध निर्वाचित
प्रतिक्रिया