नेपालीले एक वर्षमा ३ करोड १४ लाखभन्दा बढीको पानको पात चपाए
मेरोन्यूज
२०७९ साउन १३ गते १३:२४

काठमाडौं । नेपालले गत आर्थिक वर्ष २०७८/०७९ मा ३ करोड १४ लाख रुपैयाँभन्दा बढीको पानको पात आयात गरेको छ ।
२०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा उक्त मूल्य बराबरको पानको पात नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ ।
सो अवधिमा नेपालले ३ करोड १४ लाख ८७ हजार रुपैयाँको पानको पात आयात गरेको छ । विभागका अनुसार उक्त मूल्यमा १ लाख ५३ हजार १०३ केजी पानको पात नेपाल भित्रिएको छ । नेपाल भित्रने सबै पानको पात भारतबाट आउने गरेको विभागले जनाएको छ ।
अघिल्लो आर्थिक वर्ष २०७७/०७८ मा नेपालले २ करोड ३७ लाख ९४ हजार रुपैयाँमा १ लाख ३३ हजार ५७३ केजी पानको पात भारतबाट आयात गरेको थियो ।
सम्बन्धित














प्रतिनिधिसभा सदस्य निर्वाचनमा ४.७ प्रतिशत मत बदर
‘युएईमा अमेरिकी लुक्ने ठाउँहरूमा आक्रमण सुरु भयाे ‘- इरान
दक्षिण कोरिया र अमेरिका संयुक्त सैन्य अभ्यास गरिरहँदा उत्तर कोरियाकाे मिसाइल प्रक्षेपण
एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद (सूचीसहित)
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्छ, ‘तयार हुनु’ – इरान
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
बिहीबारदेखि मौसमी गतिविधि बढ्ने
इनिसा विक हत्या प्रकरण: थप अनुसन्धान सीआईबीले गर्ने
प्रतिक्रिया