आइतबार, माघ ४, २०८२

सिटिजन्स बैंक र श्री तिनाउ इन्टरनेशनल अस्पतालबीच सम्झौता

मेरोन्यूज २०७९ साउन १३ गते १७:३९

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका कार्डबाहक ग्राहकलाई रुपन्देही बुटवलस्थित श्री तिनाउ इन्टरनेशनल अस्पताल प्रा.लि.मा सेवा लिँदा विशेष छुट दिने सम्झौता भएको छ ।

सम्झौताअनुसार बैंकका कार्डबाहेकले श्री तिनाउ अस्पतालका विभिन्न सेवामा २० प्रतिशतसम्म छुट पाउने छन् । यसका साथै अस्पतालबाट फिजियकोथेरापीका सेवामा थप आकर्षक प्याकेजको व्यवस्था गरिएको छ ।

यस सुविधाबाट स्थानीय सेवाग्राहीले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ लिन सकिने बैंकले विश्वस लिएको छ । यसले ग्राहकलाई छुटको सुविधा उपलब्ध गर्नुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

यसअघि बैंकले कियोस्क, ई.के.वाई.सी तथा नागरिक एपमार्फत अनलाइन खाता खोल्न सक्ने जस्ता सुविधा ल्याएको थियो । हाल बैंकले देशैभर आफ्ना १८० वटा शाखा, १३२ वटा ए.टी.एम. र ९६ वटा शाखारहित बैंकिङ इकाईबाट सेवा दिँदै आएको छ ।

प्रतिक्रिया