आइतबार, माघ ४, २०८२

सानिमा बैंकका ग्राहकले नमस्ते पे वालेटमा रकमान्तर गर्न सक्ने

मेरोन्यूज २०७९ साउन १३ गते १८:३२

काठमाडौँ । सानिमा बैंकका ग्राहकले नमस्ते पे वालेटबाट कारोबार गर्न सक्ने भएको छ । ग्राहकले नमस्ते पे वालेटबाट बैंकको मोबाइल बैंकिङ्ग लगइन गरी सजिलै रकम रकमान्तर (चेकआउट) गर्न सक्ने भएका हुन् ।

बैंकले ग्राहकका लागि मोबाइल बैंकिङ्ग एपमार्फत् फण्ड लोड गर्ने प्रणालीको व्यवस्था चाँडै नै उपलब्ध गराउने छ । बैंकको मोबाइल बैंकिङ्ग एपबाट इसेवा, खल्ती र नमस्ते पे वालेट गरी तीन वटा वालेटमा सेवा उपलब्ध गराइरहेको छ ।

यसैगरी सानिमा बैंकले डिजिटल बैंकिङ्गको अधिकतम प्रयोग र नगदरहित कारोबारलाई प्रोत्साहन गर्न यस्तो कार्यहरु गर्दै जाने विश्वास गरेको छ । बैंकको देशभर १२७ कार्यालय र १२० वटा एटिएम सञ्जाल सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया