सानिमा बैंकका ग्राहकले नमस्ते पे वालेटमा रकमान्तर गर्न सक्ने
मेरोन्यूज
२०७९ साउन १३ गते १८:३२

काठमाडौँ । सानिमा बैंकका ग्राहकले नमस्ते पे वालेटबाट कारोबार गर्न सक्ने भएको छ । ग्राहकले नमस्ते पे वालेटबाट बैंकको मोबाइल बैंकिङ्ग लगइन गरी सजिलै रकम रकमान्तर (चेकआउट) गर्न सक्ने भएका हुन् ।
बैंकले ग्राहकका लागि मोबाइल बैंकिङ्ग एपमार्फत् फण्ड लोड गर्ने प्रणालीको व्यवस्था चाँडै नै उपलब्ध गराउने छ । बैंकको मोबाइल बैंकिङ्ग एपबाट इसेवा, खल्ती र नमस्ते पे वालेट गरी तीन वटा वालेटमा सेवा उपलब्ध गराइरहेको छ ।
यसैगरी सानिमा बैंकले डिजिटल बैंकिङ्गको अधिकतम प्रयोग र नगदरहित कारोबारलाई प्रोत्साहन गर्न यस्तो कार्यहरु गर्दै जाने विश्वास गरेको छ । बैंकको देशभर १२७ कार्यालय र १२० वटा एटिएम सञ्जाल सञ्चालनमा रहेका छन् ।
सम्बन्धित















इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक
इरानी आक्रमणमा अमेरिकी वायुसेनाका ५ विमान साउदी अरबमा क्षतिग्रस्त
इराकस्थित अमेरिकी दूतावासमा क्षेप्यास्त्र प्रहार
राष्ट्रङ्घकाे बहुपक्षीय सहकार्य विस्तारमा नेपालको जोड
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
यात्रु उद्धारका लागि नेपाल एयरलाइन्सको जहाज आज राति दुबई प्रस्थान गर्दै
तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्छ, ‘तयार हुनु’ – इरान
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
मध्यपूर्व द्वन्द्वको प्रभाव अफगान बालबालिकामा, सहयोग बढाउन युनिसेफको आग्रह
प्रतिक्रिया