हिताचीले बजारमा नयाँ उत्पादन उपलब्ध गराउने

काठमाडौँ । हिताचीले मिडिया कम्पनीका अधिकृत डिलर, हिताची र युनिभर्सल इलेक्ट्रोकम प्रा.लि.का प्रतिनिधिको उपस्थितिमा मिड एन्ड ग्रिट कार्यक्रम सम्मपन गरेको छ । रमेश कर्प संस्थाको शाखा युनिभर्सल इलेक्ट्रोकम प्रा.लि. नेपालमा हिताची होम अप्लाइन्सेसको आधिकारिक वितरक हो ।
उक्त कार्यक्रममा ए.एच.एस.जीका प्रबन्धक निर्देशक चेन टेक बेङ, व्यापार विकास विभाग (निर्यात व्यापार)का महाप्रबन्धक तरुण जैन र व्यापार विकास विभाग (निर्यात व्यवसाय)का वरिष्ठ प्रबन्धक एलविन थाम उपस्थित थिए ।
कार्यक्रममा हिताचीले चाँडै नै बजारमा उपलब्ध हुने चार वटा विभिन्न उत्पादनको घोषणा गरेको थियो । उत्पादनमा हिताची माइक्रोवेभ ओभनका ४ मोडल, हिताची फ्रन्ट लोड अटोमेटिक १२ केजी वासिङ मेसिन, हिताची फ्रेन्च बटम रेफ्रिजरेटर र हिताची कर्डलेस स्टिक भ्याक्युम क्लिनर समावेश छन् ।
कार्यक्रममा सहभागीलाई उत्पादनको लक्ष्य, प्रयोगकर्ताको अनुभव र सुविधाको दायरा बुझ्न मद्दत हुन्छ भनेर हिताचीका विभिन्न उत्पादन जस्तै रेफ्रिजरेटर, वासिङ मेसिन र भ्याक्युम क्लिनर पनि प्रदर्शनमा राखिएको थियो । हिताचीले नेपाली प्रयोगकर्तालाई विश्वव्यापी पाइने उत्कृष्ट उत्पादन उपलब्ध गराउन नेपालमा आफ्नो सञ्चालनलाई थप मजबुत बनाउने योजना रहेको बताएको छ ।
ग्राहकको सन्तुष्टि आफ्नो उच्च प्राथमिकतामा रहेको जनाउँदै हिताचीले आफ्ना ग्राहकलाई अझ राम्रो बिक्री सेवा र बिक्रीपछिको हेरचाह दिने प्रतिज्ञा गरेको छ । हरेक नेपाली घर परिवारमाझ नयाँ प्रविधि नजिक ल्याउने उद्देश्यका साथ हिताचीले विविधता र गुणस्तरयता सुनिश्चित गर्दै आगामी दिनमा लागिपर्ने बताए ।
रमेश कर्पका कार्यकारी निर्देशक सञ्जय अग्रवाल भन्छन्, ‘हामी नेपालका हाम्रा सबै ग्राहकका लागि गुणस्तरीय उत्पादन लाइन अप र बिक्रीपछिको सेवा सुनिश्चित गर्न कडाइका साथ काम गर्ने छौँ ।’
हिताचीले उसको सम्पूर्ण उत्पादनहरूमा विशिष्ट गुणस्तर कायम राख्ने गर्दछ । त्यसैले उसका सबै उपकरणको बजारमा ठूलो अपिल रहेको छ । ग्राहकको बजेट वा आवश्यकता जस्तोसुकै भए पनि, हिताचीसँग उनीका लागि कुनै न कुनै उपकरण पक्कै छ । नयाँ रिलिज र अहिलेका विद्यमान उपकरणको साथ, हिताचीले अत्याधुनिक प्रविधि, नवप्रवर्तन, र ग्राहक सेवाद्वारा नेपालको घरेलु उपकरणको बजारमा थप विस्तार गर्ने आफ्नो महत्वकांक्षालाई झन् बलियो बनाएको छ ।














माघ ५ गते साेमबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
काठमाडौँ उपत्यकाका नदी किनारको दायाँबायाँ २० मिटर छाड्न नपर्ने
चिलीमा डढेलोका कारण आपतकालको घोषणा, २० हजारलाई सुरक्षित स्थानमा सारियो
प्रलोपाबाट कैलाली १मा डा. जनकराज शाह उम्मेदवार
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी
कांग्रेस विशेष महाधिवेशनबारे ओली : ‘सडकमा बहुमत पुर्याएँ भनेर हुन्छ ?’
कांग्रेस फुटेर चुनाव राेकिँदैन : प्रचण्ड
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
प्रतिक्रिया