आयल निगम निजीकरण गर्ने कुरा आधारहीन : मन्त्री बडू

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले नेपाल आयल निगमलाई निजीकरण गर्ने पक्षमा आफू नरहेको स्पट पार्नु भएको छ । अर्बौंको कमिशन लिएर निगमलाई निजीकरण गर्न लागिएको भन्ने चर्चा भईरहेका बेला उनले स्पष्टिकरण दिएका हुन् ।
आइतबार प्रतिनिधिसभाको बैठकमा उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उनले आयल निगमलाई आफूले निजीकरण गर्न लागेको भन्ने कुरा निराधार, भ्रामक र आधारहिन भएको बताए । उनले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति संकेत गर्दै अर्बौंको कमिशन लिएर निगमलाई निजीकरण गर्न लागिएको भन्ने गैरजिम्मेवार अभिव्यक्ति दिएकोप्रति असन्तुष्टि व्यक्त गरे ।
उनले आफूले निगमको निजीकरण नभई त्यसलाई पारदर्शी बनाउन चाहेको दाबी गरे । ‘मैले नेपाल आयल निगमको पारदर्शिताको कुरा गरेको छु, तर निजीकरणको हल्ला भइराखेको छ, करोडौं, अर्बौंको कमिशनको कुरा आइराखेको छ, त्यसमा मैले आधी लिएको कुरा जिम्मेवार नेताहरुले बोल्नु भएको छ, यो निराधार, भ्रामक ढंगले भ्रम फैल्याउने कुरा जुन भयो, यो भ्रम फैल्याउनेकै गैरजिम्मेवारी हो,’ उनले भने ।
मन्त्री बडूले पेट्रोलियम पदार्थमा देखिएको घाटा कम गर्न तत्कालका लागि विद्युतको खपत बढाउनु पर्नेमा जोड दिए । उनले पेट्रोलियम पदार्थमा देखिएको समस्या समाधानका लागि सरकारले पेट्रोलियम पदार्थ सम्बन्धि ऐन नै निर्माण गर्ने तयारी गरिरहेको दाबी गरे । नेपाल आयल निगमले आर्थिक वर्ष २०७८–७९ को असार मसान्तसम्म नेपाल सरकारलाई करिब एक खर्ब २० अर्ब ६ करोड राजस्व बुझाएको जानकारी दिए ।














राष्ट्रिय सभा सदस्यबाट नारायणकाजी, वामदेव र भगवतीले दिए राजीनामा
ग्रिनल्यान्ड मुद्दामा ट्रम्पको कदम : ८ युरोपेली देशमा अमेरिकी भन्सार लागू हुने संकेत
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
तोलाकाे २ लाख ७७ हजार नाघ्यो सुनको मूल्य
‘Rhino Cruise’ coming into operation from Gaindakot
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
प्रतिक्रिया