साफ यू २० : नेपाल भारतसँग ८-० गोलले पराजित

काठमाडौँ । साफ यू २० च्याम्पियनसिपअन्तर्गत नेपाल आफ्नो तेस्रो खेलमा भारतसँग ८-० गोलले पराजित भएको छ । भुवनेश्वरको कालिंगा स्टेडियममा भएको खेलमा घरेलु टोली भारतसँग फराकिलो गोल अन्तरले पराजित भएको हो ।
यसअघि नेपालले माल्दिभ्सलाई ४-० र श्रीलंकालाई ३-० गोलले पराजित गरेको थियो । पहिलो खेलमै बंगलादेशसँग २-१ ले पराजित भएको भारतले दोस्रो खेलमा श्रीलंकालाई ४-० ले हराएर पहिलो जित निकालेको थियो ।
खेलको ३२ औँ मिनेटमा टाइसन सिंह लवइटोङबामले गोल गर्दै भारतलाई अग्रता दिलाएका थिए । यस्तै, पार्थिव सुन्दर गोगोईले ५० औँ र ५२ औँ मिनेटमा गोल गरे ।
यसैगरी पथुम गिमहानाले ६४ औँ मिनेटमा गोल गर्दै भारतको अग्रता ४–० बनाए । ७१ औँ मिनेटमा हिमांशु जाँग्राले पेनाल्टीमा गोल गरे । यस्तै, मोहमेद रिकाज ७८ औं मिनेटमा गोल गरे, ९० औं मिनेटमा गुरकिरत सिंहले गोल गर्दै भारतलाई ७–० को अग्रता दिलाए । शुभो पउलले इन्जुरी टाइममा गोल गर्दै भारतलाई ८–० को जित दिलाए ।
भारतले आफ्नो तेस्रो खेलमा नेपाललाई भारी गोल अन्तरले पराजित गरेको हो । योसँगै शीर्ष दुईमा रहँदै भारतले फाइनलमा स्थान बनाउन सफल भएको छ ।
















पूर्वी नाका काँकडभिट्टाबाट भित्रिए ७ हजार ६४२ पर्यटक
गैरीगाउँ–सिनामङ्गल क्षेत्रमा घरटहरा हटाउने काम जारी
साना तथा मझौला व्यवसायी अर्थतन्त्रका मेरुदण्ड हुन्ः अध्यक्ष दाहाल
बाँकेका १२ सामुदायिक वनमा डढेलो
शिक्षा क्षेत्र दलीय राजनीतिमुक्त बनाउन शिक्षामन्त्रीको पहल
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
इलाम गोल्डकप : फाइनलमा एनआरटी र मच्छिन्द्र भिड्ने
प्रतिक्रिया