हजार जना एसईई दिएका विद्यार्थीले इसेवाको सहयोगमा निःशुल्क पढ्न पाउने

काठमाडौँ । नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले एसईई परीक्षा उतीर्ण गरेका विद्यार्थीका लागि बम्पर अफर ल्याएको छ । यस अफरअन्तर्गत एक हजार जना विद्यार्थीले नेपालका विभिन्न कलेजमा निःशुल्क अध्ययन गर्न पाउने छन् ।
यसका लागि विद्यार्थीहरुले इसेवाको अकाउन्ट खोलेको हुनु पर्ने छ । त्यसपछि इसेवा एपमार्फत आफूले अध्ययन गर्न चाहेको कलेज छानेर पढ्न चाहेको विषय रोज्नु पर्ने छ । यसका लागि विद्यार्थीले १० रुपैयाँ तिरेर आवेदन दिन सक्ने छन् । यसमा उनीहरुले १० प्रतिशत क्यासब्याक पाउने छन् ।
यो योजनामा सहभागी हुन विद्यार्थीले आफ्नो वास्तविक मार्कसिट र चारित्रिक प्रमाणपत्र समावेश गर्नु पर्ने छ । कुन कलेजमा पढ्ने भन्ने कुरा ब्लग डट इसेवा डटकम डट एन्पिमा हेर्न सकिने छ । विद्यार्थीले इसेवाको कल सेन्टरमा सम्पर्क गरेर थप जानकारी लिन सक्ने छन् । इसेवाले हाल एण्ड्रोइड मोबाईलमा ५२ लाख र आइओस् मोबाइलमा १० लाख गरी ६० लाख ग्राहकलाई एप्स्मार्फत सेवा प्रदान गरिरहेको छ ।
इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, मोबाईल, टेलिफोन रिचार्ज तथा टपअप, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५२ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् ।














महिला विश्वकप क्रिकेटमा नेपालको दाबेदारी
निर्वाचन कार्यतालिका स्थगनको माग गर्दै आयोग पुग्याे देउवा पक्ष
फिलिपिन्सको डम्पसाइट भत्किँदा मृत्यु हुनेको सङ्ख्या ३५ पुग्यो
आयोगको निर्णयविरुद्ध देउवा पक्षले दिएकाे रिट सर्वोच्चमा दर्ता, माघ ६ गते पेसी
कञ्चनपुरमा महिला मतदाता बढी
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
प्रतिक्रिया