आज शुक्रबार अमेरिकी डलरको भाउ पुनः बढ्यो, अन्य देशको यस्तो

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज शुक्रबार अमेरिकी डलरको भाउ पुनः बढेको छ । बिहीबार अमेरिकी डलर एकको खरिद मूल्य १२६ रुपैयाँ ३६ पैसा र बिक्रीमूल्य १२६ रुपैयाँ ९६ पैसा रहेको डलरको भाउ बढेर एकको खरिदमा १२६ रुपैयाँ ८५ पैसा र बिक्रीमा १२७ रुपैयाँ ४५ पैसा रहेको छ ।
त्यस्तै, यसअघि एकको खरिददर १२८ रुपैयाँ ६८ पैसा र बिक्रीदर १२९ रुपैयाँ २९ पैसा रहेको युरोपियन युरो आज बढेर खरिदमा १२९ रुपैयाँ २६ पैसा र बिक्रीमा १२९ रुपैयाँ ८७ पैसा पुगेको छ ।
अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८८ रुपैयाँ ६१ पैसा र बिक्रीमूल्य ८९ रुपैयाँ ०३ पैसा रहेको छ । यसअघि एकको खरिददर ८७ रुपैयाँ ५० पैसा र बिक्रीमूल्य ८७ रुपैयाँ ९१ पैसा रहेको अष्ट्रेलियन डलरको भाउ आज बढेको हो ।
त्यस्तै, क्यानेडियन डलर एकको खरिदमा ९८ रुपैयाँ ९४ पैसा र बिक्रीमा ९९ रुपैयाँ ४१ पैसा, र सिङ्गापुरे डलर एकको खरिददर ९२ रुपैयाँ र बिक्रीदर ९२ रुपैयाँ ४४ पैसा रहेको छ ।
जापानिज येनको भाउ भने घटेको छ । यसअघि १० को खरिददर ९ रुपैयाँ ४७ पैसा र बिक्रीदर ९ रुपैयाँ ५१ पैसा रहेको जापानिज येन आज १० को खरिददर ९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ९ रुपैयाँ ४९ पैसा रहेको छ । चाइनिज युआन एकको खरिदमूल्य १८ रुपैयाँ ७७ पैसा र बिक्रीदर १८ रुपैयाँ ८६ पैसा रहेको छ ।
साउदी अरेवियन रियाल र कतारी रियालको विनिमयदर पनि बढेको छ । यसअघि एकको खरिददर ३३ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३३ रुपैयाँ ७७ पैसा रहेको साउदी रियाल आज एकको खरिददर ३३ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३३ रुपैयाँ ९२ पैसा रहेको छ । त्यस्तै, यसअघि कतारी रियाल एकको खरिददर ३४ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३४ रुपैयाँ ५८ पैसा रहेकोमा आज बढेर एकको खरिदमूल्य ३४ रुपैयाँ ५५ पैसा र बिक्रीमूल्य ३४ रुपैयाँ ७२ पैसा रहेको छ ।
त्यस्तै, युएई दिरहम एकको खरिदमा ३४ रुपैयाँ ५४ पैसा र बिक्रीमा ३४ रुपैयाँ ७० पैसा, मलेसियन रिंग्गेट एकको खरिददर २८ रुपैयाँ ४५ पैसा र बिक्रीमा २८ रुपैयाँ ५९ पैसा, साउथ कोरियन वान १०० को खरिददर ९ रुपैयाँ ६९ पैसा र बिक्रीदर ९ रुपैयाँ ७४ पैसा रहेको छ ।














दक्षिण कोरिया र अमेरिका संयुक्त सैन्य अभ्यास गरिरहँदा उत्तर कोरियाकाे मिसाइल प्रक्षेपण
एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद (सूचीसहित)
इरानको तेल नेटवर्कमाथि अमेरिकी आक्रमणः युद्ध बढ्दै
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्छ, ‘तयार हुनु’ – इरान
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
मध्यपूर्व द्वन्द्वको प्रभाव अफगान बालबालिकामा, सहयोग बढाउन युनिसेफको आग्रह
इनिसा विक हत्या प्रकरण: थप अनुसन्धान सीआईबीले गर्ने
प्रतिक्रिया