सेन्चुरी बैंकको खुद नाफामा आकर्षक सुधार
मेरोन्यूज
२०७९ साउन २२ गते ९:४९

काठमाडौं । सेन्चुरी बैंकको खुद नाफा गत आर्थिक वर्षको चौथो त्रैमासको अन्त्यसम्ममा ११५।६७५ ले बढेर १ अर्ब ३५ करोड ७२ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसै अवधिमा बैंकले ६२ करोड ९३ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । यसअवधिमा सेन्चुरीको खुद ब्याज आम्दानी ३१।६३५ र सञ्चालन नाफा १४२।१२५ ले सुधार भएपछि खुद नाफा पनि बढेको देखिन्छ ।
बैंकको वितरण योग्य नाफा भने ९१ करोड १८ लाख ५४ हजार रुपैयाँ पुगेको छ । असार मसान्तसम्म आइपुग्दा सेन्चुरीको रिजर्भ कोष पनि ३०।५०५ ले बढेर १ अर्ब ७२ करोड ८६ लाख रुपैयाँ पुगेको छ ।
खुद नाफामा सुधार भएसँगै यस बैंकको प्रतिसेयर आम्दानी पनि ७ रुपैयाँ २४ पैसाले बढेर १४ रुपैयाँ २१ पैसा कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ १२७ रुपैयाँ ६४ पैसा छ । सेन्जुरीलाई हाल प्रभु बैंकले एक्वायर गर्ने प्रक्रियामा रहेको छ ।
सम्बन्धित














‘युएईमा अमेरिकी लुक्ने ठाउँहरूमा आक्रमण सुरु भयाे ‘- इरान
दक्षिण कोरिया र अमेरिका संयुक्त सैन्य अभ्यास गरिरहँदा उत्तर कोरियाकाे मिसाइल प्रक्षेपण
एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद (सूचीसहित)
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्छ, ‘तयार हुनु’ – इरान
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
मध्यपूर्व द्वन्द्वको प्रभाव अफगान बालबालिकामा, सहयोग बढाउन युनिसेफको आग्रह
इनिसा विक हत्या प्रकरण: थप अनुसन्धान सीआईबीले गर्ने
प्रतिक्रिया