‘तेस्रो द ब्रिटिस कप २०२२’ टोर्नामेण्टको उपाधि ब्रिटिस कलेजलाई

काठमाडौँ । द ब्रिटिस कलेजको आयोजनामा ‘तेस्रो द ब्रिटिस कप २०२२’ इण्टर कलेज फुटसल टोर्नामेण्ट कार्यक्रम सम्पन्न भएको छ । उक्त टुर्नामेण्टमा काठमाडौँका विभिन्न १३ वटा कलेजबीच फुटसल प्रतियोगिता भएको थियो ।
उक्त खेलको फाइनल राउण्डमा ब्रिटिस र एपेक्स कलेजबीच प्रतिस्पर्धा भएको थियो । शुक्रबार भएको यी दुई कलेजबीचको फाइनल खेलमा ब्रिटिस कलेजले एपेक्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै उपाधि जितेको हो । निर्धारित समयमा दुई टोलीबीच खेल एक–एक गोलमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।
विजेता टोली द ब्रिटिस कलेज ब्लु टिमले एक लाख नगद पुरस्कार जितेको छ । उपविजेता एपेक्स कलेजले ५० हजार नगद पुरस्कार जितेको छ । टोर्नामेण्टको उत्कृष्ट खेलाडी कप्तान अर्जुन श्रेष्ठ भए, भने उत्कृष्ट गोलरक्षक नोवा हाङ लिम्बु भए । उनीहरू दुवैले १० हजार नगद जिते ।
कप्तान अर्जुनले उत्कृष्ट खेलाडीको अवार्ड जितेपछि भने, ‘टिमको खेल प्रदर्शनप्रति गर्व छ, साथै टोर्नामेण्टभर हौसला प्रदान गर्ने दर्शकप्रति धन्यवाद दिन चाहन्छु ।’
द ब्रिटिस कलेजका म्यानेजिङ डाइरेक्टर महेन्द्रराज कँडेलले भने, ‘हाम्रो विद्यार्थीहरूले टोर्नामेण्टमा सहभागीमात्रै भएनन्, टोर्नामेण्ट जित्न पनि सफल भए, उक्त सफलता प्रति हामी गर्व गर्छौं, साथै यो कार्यक्रमलाई सफलतापुर्वक सम्पन्न गराउन सहयोग पुर्याएका सबैलाई धन्यवाद दिन चाहन्छौँ ।’

दुई वर्ष कोरोना महामारीले यो प्रतियोगिता हुन सकेको थिएन । यो प्रतियोगिताको मुख्य प्रायोजक ब्रिटिस अमेरिकन एडुकेयर रहेको थियो । त्यस्तै, अन्यमा एयरलाइन्स पार्टनरः टर्किस एयरलाइन्स, ट्राभल पार्टनर स्वा ट्राभल्स, होलिडे ट्राभल्स, सिनेमा पार्टनर, क्युएफएक्सः हस्पिटालिटी पार्टनर, मोजो बुटिक होटल र मेडिकल पार्टनर भयोदा हस्पिटल प्रायोजक रहेका थिए । प्रतियोगिताको साइनेज पार्टर ब्राइट एलइडी रहेको थियो, भने सहयोगी पार्टनर कता खेल्ने रहेको थियो ।
सो कार्यक्रममा ब्रिटिस कलेजसहित लिटल एञ्जल्स, सफ्टोरिका, प्राइम, एपेक्स, आईआईएमएस, सिल्भर माउण्टेन, पीसीपीएस कलेज, एस इन्टरनेशनल, थेम्स कलेज, क्याम्पियन कलेज, कुसोम र द ब्रिटिस प्रोफेसनल कलेजले प्रतियोगितामा भाग लिएका थिए ।
द ब्रिटिस कलेजका मार्केटिङ प्रमुख अमरदीप मण्डलले भने, ‘यो कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गराउन सहयोग गर्ने सबैलाई धन्यवाद छ, टोर्नामेण्ट सफलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण भूमिका खेलेका हिमाल कार्की र सुदीप भट्टराई विशेष धन्यवाद, आगामी वर्ष योभन्दा ठूलो र भव्य तरिकाले चौथो ब्रिटिस कपको तयारी गर्ने प्रतिबद्धता गर्छौं ।’
















बाजुरामा स्काभेटर दुर्घटना हुँदा एक जना बेपत्ता
उचित मूल्य नपाएको केरा उत्पादक किसानको गुनासो
पूर्वी नाका काँकडभिट्टाबाट भित्रिए ७ हजार ६४२ पर्यटक
गैरीगाउँ–सिनामङ्गल क्षेत्रमा घरटहरा हटाउने काम जारी
साना तथा मझौला व्यवसायी अर्थतन्त्रका मेरुदण्ड हुन्ः अध्यक्ष दाहाल
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
इलाम गोल्डकप : फाइनलमा एनआरटी र मच्छिन्द्र भिड्ने
प्रतिक्रिया