आदर्श लघुवित्तको अधिकांश सूचकमा आकर्षक सुधार

काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्थाको गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा अधिकांश वित्तीय सूचक आकर्षक देखिएको छ । यस लघुवित्तको खुद नाफा ८८६.१२५ ले बढेर गत आर्थिक वर्षको अन्त्यसम्ममा ६८ लाख ९३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा संस्थाले ६ लाख ९९ हजार रुपैयाँ मात्र नाफा आर्जन गरेको थियो ।
खुद ब्याज आम्दानी १४.४६५ ले बढेको छ । अघिल्लो वर्षको तुलनामा कम रकम प्रोभिजनिङमा गर्नुपर्ने भएपछि सञ्चालन नाफा ८४१.६०५ ले बढेको छ ।
कम्पनीले यस अवधिमा १० लाख ७४ हजार रुपैयाँ राइट ब्याक गरेको हो । कम्पनीको चुक्ता पुँजी २ करोड ७ लाख रुपैयाँ रहेको छ ।
रिजर्भ कोष पनि आकर्षक देखिएको छ । रिजर्भमा १०३.९०५ ले सुधार हुँदै १ करोड २३ लाख रुपैयाँ जम्मा भएको छ । असार मसान्तसम्म आइपुग्दा आदर्शको प्रतिसेयर आम्दानी ३३ रुपैयाँ २९ पैसा कायम भएको छ ।














स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक काफ्लेले दिए राजीनामा
सुदूरपश्चिममा एमाले र नेकपाले टुङ्ग्याए उम्मेदवार
धरानमा बस दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु, १३ घाइते
निर्वाचन आचारसंहिता आज रातिदेखि लागू हुँदै
नागरिक केन्द्रित सेवा प्रवाह गर्न गृहसचिवद्वारा प्रहरीलाई निर्देशन
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
प्रतिक्रिया