एभरेष्ट बैंकको ऋणपत्रमा आवेदन दिने समय थप

काठमाडौं, एभरेष्ट बैंकको ऋणपत्र बिक्री नभएपछि आवेदन दिने समय थप गरिएको छ । अब १ भदौसम्म आवेदन दिन सकिनेछ ।
बैंकले २० लाख युनिट ऋणपत्र बिक्री खुला गरेको हो । यसमध्ये १२ लाख युनिट ऋणपत्र व्यक्तिगत तवरबाट तथा बाँकी ८ लाख युनिट सर्वसाधारणका लागि खुला गरिएको हो ।
यसबाट सामूहिक लगानी कोषलाई पाँच प्रतिशत छुट्याएको छ । सामूहिक लागानी कोषले कुल ४० हजार इकाई पाउनेछन् । सर्वसाधारणले बाँकी ७ लाख ६० हजार युनिटका लागि आवेदन दिन सक्नेछन् । यस ऋणपत्रमा वार्षिक १०।५० प्रतिशत ब्याजदर पाइनेछ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्रीमा ल्याएको हो ।
यसमा न्यूनतम २५ इकाईदेखि अधिकतम १ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । बैंकले ६ वर्ष अवधिको एभरेष्ट बैंक डिबेन्चर २०८५’ नाममा ऋणपत्र जारी गरेको हो । यसमा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यपिटलले गरेको छ । यसमा सी–आस्वामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनको शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।















प्रतिनिधिसभा सदस्य निर्वाचनमा ४.७ प्रतिशत मत बदर
‘युएईमा अमेरिकी लुक्ने ठाउँहरूमा आक्रमण सुरु भयाे ‘- इरान
दक्षिण कोरिया र अमेरिका संयुक्त सैन्य अभ्यास गरिरहँदा उत्तर कोरियाकाे मिसाइल प्रक्षेपण
एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद (सूचीसहित)
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्छ, ‘तयार हुनु’ – इरान
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
बिहीबारदेखि मौसमी गतिविधि बढ्ने
इनिसा विक हत्या प्रकरण: थप अनुसन्धान सीआईबीले गर्ने
प्रतिक्रिया