ताइवान तनावः ताइपेयको सेनाले पनि सुरु गर्यो सैन्य अभ्यास

ताइपेय । ताइवानको सेनाले टापुको रक्षाको अनुकरण गर्दै लाइभ फायर आर्टिलरी अभ्यास सुरु गरेको छ । ठूलो चिनियाँ सैन्य अभ्यासको केही दिनपछि मंगलबार ताइवानी सेनाले पनि उक्त अभ्यास गरेको हो । पिङतुङको दक्षिणी काउन्टीमा सैन्य अभ्यास भइरहेको ताइवानको आठौं आर्मी कोप्र्सका प्रवक्ता लोउ वोई–जेले जानकारी दिए ।
अमेरिकी तल्लो सदनकी सभामुख नेन्सी पेलोसीको ताइवान भ्रमणको विरोधमा चीनले गत साता ताइवान वरपर अहिलेसम्मकै ठूलो सैन्य अभ्यास गेको थियो । दशकौँपछि पहिलो पटक अमेरिकी उच्च अधिकारीले ताइवानको भ्रमण गरेकी थिइन् । अन्तर्राष्ट्रिय चासो र चीनको आक्रोशबीच एसिया भ्रमणका क्रममा पेलोसीले ताइवान भ्रमण गरेकी थिइन् ।
ताइवान लामो समयदेखि चीनको अतिक्रमणको त्रासमा छ । चीनले जहिले पनि ताइवानलाई आफ्नो अभिन्न अंग मान्दै आएको छ, यद्यपि ताइवानले भने आफूलाई स्वायत्त देश ठान्छ ।
मंगलबार र बिहीबार हुने ताइपेईको अभ्यासमा सयौं सेना र करिब ४० हाउविजर (लामो दूरीका हतियार) तैनाथ हुने सेनाले जनाएको छ ।










रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर भाेकमरीको जोखिममा
थापाथलीकाे ऐतिहासिक चार अखडामा गाई पाल्न समस्या
बागमती प्रदेशसभाको बैठक बोलाउने तयारीमा सरकार : काे बन्ला सभामुख ?
कञ्चनपुर कारागारमा कैदीबन्दीबीच झडप हुँदा आठ जना घाइते
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया