ताइवान तनावः ताइपेयको सेनाले पनि सुरु गर्यो सैन्य अभ्यास

ताइपेय । ताइवानको सेनाले टापुको रक्षाको अनुकरण गर्दै लाइभ फायर आर्टिलरी अभ्यास सुरु गरेको छ । ठूलो चिनियाँ सैन्य अभ्यासको केही दिनपछि मंगलबार ताइवानी सेनाले पनि उक्त अभ्यास गरेको हो । पिङतुङको दक्षिणी काउन्टीमा सैन्य अभ्यास भइरहेको ताइवानको आठौं आर्मी कोप्र्सका प्रवक्ता लोउ वोई–जेले जानकारी दिए ।
अमेरिकी तल्लो सदनकी सभामुख नेन्सी पेलोसीको ताइवान भ्रमणको विरोधमा चीनले गत साता ताइवान वरपर अहिलेसम्मकै ठूलो सैन्य अभ्यास गेको थियो । दशकौँपछि पहिलो पटक अमेरिकी उच्च अधिकारीले ताइवानको भ्रमण गरेकी थिइन् । अन्तर्राष्ट्रिय चासो र चीनको आक्रोशबीच एसिया भ्रमणका क्रममा पेलोसीले ताइवान भ्रमण गरेकी थिइन् ।
ताइवान लामो समयदेखि चीनको अतिक्रमणको त्रासमा छ । चीनले जहिले पनि ताइवानलाई आफ्नो अभिन्न अंग मान्दै आएको छ, यद्यपि ताइवानले भने आफूलाई स्वायत्त देश ठान्छ ।
मंगलबार र बिहीबार हुने ताइपेईको अभ्यासमा सयौं सेना र करिब ४० हाउविजर (लामो दूरीका हतियार) तैनाथ हुने सेनाले जनाएको छ ।
















नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
आजदेखि नयाँ शैक्षिकसत्र सुरु
यस्तो छ आज तरकारीको थोक मूल्य
अन्तराष्ट्रिय बजारमा लगातार सातौँ दिन तेलको मूल्य वृद्धि
राष्ट्रिय सहमतिमै संविधान संशाेधन गर्ने संयोजक असिमकाे प्रष्टाेक्ति
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
प्रतिक्रिया