नेप्से १९.०६ अंकले गिरावट, कारोबार रकम पनि खुम्चियो

काठमाडौँ । पछिल्लो समय निरन्तर गिरावट भएको नेप्से परिसूचक बिहीबार पनि गिरावट आएको छ । आज नेप्से परिसूचक १९.०६ अंकले घटेर २०३७.८३ बिन्दुमा झरेको छ ।
त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४.०९ अंक घटेको छ । बिहीबार कोरोबारमा आएका २२३ कम्पनीको ६२ लाख ९८ हजार ६३८ कित्ता शेयर १ अर्ब ७६ करोड १० लाख २३ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । बुधवार एक अर्ब ९३ करोड बराबरको शेयर कारोबार भएको थियो ।
नेप्सेका १३ उपसमूहमध्ये म्युचुअल फण्ड उपसमूहबाहेकका १२ वटा उपसमूको परिसूचकमा गिरावट आएको छ । म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.४६ प्रतिशत बढेको छ । त्यस्तै, वित्त उपसमूहको परिसूचक २.३८ प्रतिशतले घटेको छ । विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत र अन्य उपसमूहको परिसूचक एक प्रतिशतभन्दा बढीले गिरावट आएको छ ।
नेप्से ओरालो लागे पनि बिहीबार दुई कम्पनीको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा हिमालयन हाइड्रोपावर र अपर हेवाखोला हाइड्रोपावरको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । तर, यता युनिलिभर नेपालको शेयर मूल्य ८.२३ प्रतिशत घटेको छ ।
त्यस्तै, बुद्धभूमि हाइड्रोपावर र हिमालयन एभरेष्ट इन्स्योरेन्सको पनि शेयर मूल्यमा गिरावट आएको छ । शिवम सिमेन्ट्को बिहीबार सात करोड २७ लाख रुपैयाँ बराबरको शेयर कारोबार गरेको छ ।















गोरखा माइक्रोबस दुर्घटना अपडेटः मृतक सात भारतीयको पहिचान खुल्याे
Motorcyclist dies in road accident
ट्रम्पको दाबी खण्डन गर्दै इरानले भन्यो : हाम्रा नयाँ सर्वोच्च नेता घाइते भएका छैनन्
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन
इनिशाको पोस्टमार्टम रिपोर्ट : बलात्कारपछि अत्यधिक रक्तस्राव हुँदा मृत्यु
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इनिसा विक हत्या प्रकरण: थप अनुसन्धान सीआईबीले गर्ने
भोलिदेखि ग्यास आधा सिलिन्डर मात्रै पाइने
प्रतिक्रिया