असफल हुँदै चीनको शून्य कोभिड नीति

बेइजिङ । चीनको कोभिड शून्य नीति असफल हुँदै गएको छ । पछिल्लो समयमा नयाँ क्षेत्रहरू विशेष गरी तिब्बत र हाइनानका पर्यटन केन्द्रहरू कोरोनाभाइरस संक्रमणलको चपेटामा परेका छन् भने आकस्मिक रुपमा गरिएको लकडाउनका कारण ती क्षेत्रमा हजारौं पर्यटक अलपत्र परेका छन् । पुराना संक्रमित क्षेत्र हटस्पट बनिरहेका बेला कोरोना भाइरसको संक्रमण नयाँ क्षेत्रमा फैलिरहेको छ ।
सार्वजनिक आवागमनमा प्रतिबन्ध लगाइएकाले जीविकोपार्जनमा असर गरेको छ । एशियन लाइट इन्टरनेसनलका अनुसार मानिसहरूलाई असहाय बनाउँदै कोरोनाभाइरस संक्रमण चीनका नयाँ क्षेत्रमा फैलिरहेको छ ।
आकस्मिक रुपमा गरिएको लकडाउनका कारण अहिले हजारौं पर्यटक अलपत्र परेका छन् । विडम्बनाको कुरा के हो भने २०२१ को सुरुमा चीन कोभिड–१९ बाट मुक्त भएको घोषणा गर्ने पहिलो देश बनेको थियो ।
कोभिडका कारण पूर्वी चीनदेखि पश्चिम चीनका विभिन्न क्षेत्रमा लकडाउन घोषणा गरिएको छ ।
कोभिड–१९ को महामारी चीनबाट सुरु भई जंगलको डढेलो झैं विश्वभर फैलिएपछि मात्रै एक जनामा लक्षणविहीन बिरामी रिपोर्ट गरेको थियो । केही दिन अघि तिब्बतले २८ नयाँ संक्रमित फेला पारेको जनाएका छ, जसका कारण यस क्षेत्रमा त्रास फैलाएको छ ।













दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
गाजामा युद्धविरामपछि पनि इजरायली आक्रमणबाट सय भन्दा बढी बालबालिकाको मृत्यु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
प्रतिक्रिया