भारत लोकतन्त्रको जननीः मोदी

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत लोकतन्त्रको जननी भएको बताएका छन् । स्वतन्त्र दिवसको अवसरमा आयोजित एक विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले उक्त धारणा राखेका हुन् ।
भारतले आज स्वतन्त्रताको ७५ वर्ष मनाउँदै छ र यसको नेतृत्व प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका छन् । प्रधानमन्त्री मोदीले राष्ट्रिय झण्डा फहराएका छन् र प्रतिष्ठित लाल किल्लाबाट राष्ट्रका नाममा सम्बोधन गर्दैछन् ।
‘हामी बापु, नेताजी सुभाष चन्द्र बोस, बाबासाहेब अम्बेडकर, वीर सावरकरलाई धन्यवाद दिन्छौं, जसले देशको स्वतन्त्रताको लागि आफ्नो जीवन अर्पण गरे’, प्रधानमन्त्री मोदीले भने ।
प्रतिष्ठित स्मारकको पर्खालबाट लगातार नवौं स्वतन्त्रता दिवसको भाषण दिन लाल किल्लामा आइपुग्दा प्रधानमन्त्रीले अन्तर–सेवा र प्रहरी गार्ड अफ अनरको निरीक्षण गरे ।
‘यस विशेष स्वतन्त्रता दिवसको शुभकामना । जय हिन्द १’ प्रधानमन्त्री मोदीले आज बिहान ट्वीट गरेका छन् । राजघाटस्थित महात्मागान्धीको समाधीमा श्रद्धान्जली अर्पण गरेर स्वतन्त्र दिवसको सुरुवात भएको थियो ।










तनावका बीच इरानले गर्याे क्षेप्यास्त्र परीक्षण
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
रवि लामिछाने र बालेनबीच भेटवार्ता
कांग्रेस क्रियाशील सदस्यताको फारम पुस ९ गते भित्र भर्नुपर्ने
क्षेप्यास्त्र कार्यक्रममा कुनै सम्झौता हुँदैन -इरान
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
प्रतिक्रिया