सोमबार, माघ ५, २०८२

स्याङजाको वद्खोलामा टीभीएसको नयाँ शो रुम सञ्चालनमा

मेरोन्यूज २०७९ साउन ३१ गते १६:४०

काठमाडौँ । नेपालमा टीभीएस टू ब्हिलरको एकमात्र वितरक जगदम्वार मोटर्सले स्याङजाको वद्खोलामा पूर्ण सुविधासहितको नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । ग्राहकलाई टीभीएस मोटरसाइकल तथा स्कूटरको बिक्री, सेवा र स्पेयर पाट्र्स सहज रुपमा उपलब्ध गराउने उद्देश्यका साथ नयाँ शोरुम सञ्चालनमा ल्याइएको हो ।

नयाँ शोरुममा बोल्दै बतास इन्भेष्टमेन्ट कम्पनीका अध्यक्ष राजेश शर्माले टीभीएस ग्राहकलाई अझ राम्रो सेवा प्रदान गर्न सधैं प्रयासरत रहेको बताए । ग्राहकलाई थप प्रभावकारी र छिटो छरितो रूपमा सेवा दिन नयाँ सुविधा थपिएको उनको भनाइ छ । टीभीएसले निरन्तर रूपमा आफ्ना ग्राहकको सुविधा र गुणस्तरीय सेवामा ध्यान दिइरहेको उनले बताए ।

कार्यक्रम स्याङका जिल्लाका प्रमूख जिल्ला अधिकारी राजु पौडेलको प्रमूख आतिथ्यतामा सञ्चालन भएको थियो । त्यसक्रममा स्याङजा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक राजिव बहादुर बस्नेत, प्रहरी उपरीक्षक रविन्द्र खनाल, सशस्त्र प्रहरी नायव उपरीक्षक राजेशलाल श्रेष्ठ, पुतली बजार नगरपालिका वडा न ३ र ४ का वडाध्यक्षलगायतको अपस्थिति थियो ।

जगदम्बा मोटर्स प्रा.लि. टीभीएसको एक मात्र आधिकारिक वितरक हो । नेपालभर १३२ भन्दा बढी डिलरको बलियो राष्ट्रव्यापी वितरण सञ्जालको साथ, टीभीएसले बजारमा आफ्नो बलियो पकड कायम राख्न र आफ्ना ग्राहकको मनमा आफूलाई स्थान बनाउन सक्षम भएको छ ।

प्रतिक्रिया