मनाङमा १ बर्षमा ४९ वटा नयाँ उद्योग थपिए

लमजुङ । हिमाली जिल्ला मनाङमा एक वर्षमा ४९ वटा नयाँ उद्योग थपिएको छ । घरेलु तथा साना उद्योग कार्यालय मनाङका अनुसार ०७८ साउन देखि ०७९ असार सम्मको अवधिमा विभिन्न प्रकृतिका ४९ उद्योग थपिएका हुन् ।
मनाङमा सवै भन्दा धेरै कृषि तथा वनपैदावर उद्योग दर्ता भएको घरेलु कार्यालय मनाङका प्रमुख ऋषिराम पौडेलले बताए । उनका अनुसार गत आर्थिक वर्षमा कृषि तथा वनपैदावर उद्योग ३१ वटा, पर्यटन उद्योग १७ वटा र एक सेवा मूलक उद्योग थपिएका छन् । दर्ता उद्योगमा ३६ वटा प्राईभेट र १३ वटा साझेदारी फर्म रहेको कार्यालयले जनाएको छ ।
गत वर्ष जिल्लामा ५२ उद्योग नविकरण भएको छ भने पाँच उद्योगको नामसारी, ६ वटा उद्योगको पूँजी वृद्धि, तीनवटाको नाम परिवर्तन र दुई उद्योगको लगतकट्टा गरिएको कार्यलय प्रमुख पौडेलले बताए ।
यसैगरी वाणिज्य तर्फ ५ वटा पाँच वटा नयाँ फर्म दर्ता भएका छन् भने सात वाणिज्य फर्म नविकरण भएको छ ।
कार्यालयले गत वर्ष ४५ जनालाई उद्यमशिलता विकास तालिम र ६७ जनालाई सिपविकास तालिम दिएको छ ।
कार्यालयले पर्यटन प्रर्वद्धनका लागि पदमार्ग, पार्क लगायतका पर्यटकिय संरचना समेत निमार्ण गरिएको घरेलु कार्यालय मनाङले जनाएको छ ।















गाजाका लागि ट्रम्पको ‘शान्ति बोर्ड’ स् एक अर्ब डलरमा स्थायी सदस्यता
आयोगले सुरु गर्यो कल सेन्टर, निर्वाचनसम्बन्धी जानकारी लिन सकिने
पूर्वराज्यमन्त्री उप्रेतीको निधन
यसवर्ष धान उत्पादन ४ प्रतिशतले घट्ने
Sonam Lhosar being marked today
कांग्रेस विशेष महाधिवेशनबारे ओली : ‘सडकमा बहुमत पुर्याएँ भनेर हुन्छ ?’
कांग्रेस फुटेर चुनाव राेकिँदैन : प्रचण्ड
एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक
पूर्णबहादुरकाे चेतावनी – आयोगले गगन समूहलाई मान्यता दिए देशभर आन्दोलन गर्छाैं
२७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता
प्रतिक्रिया