अफगानिस्तानविरुद्ध आयरल्यान्डलाई शृंखला

काठमाडौं/ अफगानिस्तानविरुद्धको अन्तिम खेल ७ विकेटले हात पार्दै पाँच टी २० अन्तर्राष्ट्रिय शृंखला घरेलु टोली आयरल्यान्डले ३-२ ले जितेको छ ।
वर्षाले प्रभावित भएपछि ५६ रनको लक्ष्य पछ्याएको आयरल्यान्डले ६.४ ओभरमा तीन विकेट गुमाउँदै शृंखला आफ्नो पक्षमा पारेको हो ।
आयरल्यान्डका पाउल स्टर्लिङ १६ रन तथा लोर्कान टकर १४ रनको योगदान गरे । अफगानिस्तानका मुजिब उर रहमानले २ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ गरेको अफगानिस्तानले १५ ओभरमा ५ विकेट गुमाउँदै ९५ रन बनायो । तर, फेरि वर्षा भएपछी आयरल्यान्डले डकवर्थ लेविसको आधारमा ५६ रनको लक्ष्य पायो ।
अफगानिस्तानका उस्मान घानीले सर्वाधिक ४४ रन बनाए । आयरल्यान्डका मार्क आदिरले ३ विकेट लिए ।
यस अघि सुरुवाती दुई खेल आयरल्यान्डले क्रमश: ७ र ५ विकेटले जित्यो । तेस्रो र चौथो खेलमा अफगानिस्तानले क्रमशः २२ र २७ रनको जित निकालेपनी अन्तिम खेल भने गुमाउन पुग्यो ।









बसिर अहमद बने एनपिएलमा अर्धशतक जोड्ने १३औँ खेलाडी
कृषि विकास बैंकलाई अन्तर्राष्ट्रिय सम्मान
प्रधानमन्त्री र जेन-जी अगुवाबीच भेटवार्ता
खाडी मुलुक जाने श्रमिकका लागि हवाइ भाडादरमा छुट
कर्णालीविरुद्ध विराटनगरको रोमाञ्चक जीत
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
एनपीएलमा आज विराटनगर र चितवन खेल्दै
आज २०८२ साल मंसिर ११ गते बिहीबारको राशिफल
प्रतिक्रिया