विवादमा उत्रिएका प्रशिक्षक टुचेल र कोन्टेलाई कारबाही

काठमाडौं । लन्डन डर्बी खेलमा विवादमा उत्रिएका चेल्सीका प्रशिक्षक थोमस टुचेलमाथि एफएले एक खेलको प्रतिबन्ध लगाएको छ भने टोटनहमका प्रशिक्षक कोन्टेमाथि जरिवाना तोकेको छ । आइतबार घरेलु मैदान स्टामफोर्ड ब्रिजमा सम्पन्न खेलमा जितको संघारमा पुगेर पनि अंक बाँड्नु पर्दा टुचेल निराश बनेका थिए । खेल लगत्तै टुचेल र कोन्टेबीच विवाद भएको थियो । दुवै एक अर्कोप्रति आक्रामक देखिएका थिए ।
दुवै प्रशिक्षकलाई रेफ्री एनथोनी टेलरले रातो कार्डको दर्शन गराएका थिए । सो घटनाको अध्ययनपछि एफएले टुचेलमाथि एक खेल र ३५ हजार पाउन्ड तथा कोन्टेमाथि १५ हजार पाउन्डको जरिवाना तोकेको हो ।
टुचेलको प्रतिबन्ध तत्काल भने लागु हुनेछैन । उनले एफएको निर्णयविरुद्ध अपिल गर्न पाउने भएकाले त्यसपछि आउने लिखित निर्णयपछि मात्र प्रतिबन्ध लागु हुनेछ । चेल्सीले आइतबार लिड्सको भ्रमण गर्दा टोटनहमले उल्भ्सको सामना गर्नेछ ।
















निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकासँग पराजित
मुस्ताङमा ९ महिनामा लेक लागेर ८ पर्यटकको मृत्यु
इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
साँखुमा गोली चल्यो
प्रतिक्रिया