आइतबार, चैत १, २०८२

बैंक अफ काठमाण्डूले पायो मेलम्ची आयोजनाको ग्यारेन्टीवापत रकम

मेरोन्यूज २०७९ भदौ ७ गते १६:४७

काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको काम प्रारम्भ गर्ने शिलशिलामा आयोजना परिचालनको लागि आवश्यक रकम चाइना रेल्वे १५ समूहलाई उपलब्ध गराउने प्रायोजनका लागि मेलम्ची खानेपानी आयोजना हिताधिकारी हुने गरी चाइना कन्स्ट्रक्सन बैंकको काउन्टर ग्यारेन्टीमा एड्भान्स पेमेन्ट ग्यारेन्टी जारी गरिएको थियो ।

Advertisement
nepal life insurencenepal life insurence

आयोजनाको काम ठेकेदार कम्पनीले सम्झौता अनुरुप पूरा नगरी छोडेको हुँदा आयोजनाले उक्त ग्यारेन्टीे उपर दाबी गरेकाले बैंक अफ काठमाण्डूबाट ग्यारेण्टीवापतको रकम भुक्तानी गरिएको थियो । आयोजनाको ठेक्का पाएको चाइना रेल्वेका तर्फबाट ग्यारेण्टी बसेको चीनको बैंक चाइना कन्स्ट्रक्सन बैंकले बैंक अफ काठमाण्डू लिमिटेडलाई काउन्टर ग्यारेन्टी दिएको थियो ।


बैंकबाट आयोजनालाई जारी गरेको एड्भान्स पेमेण्ट ग्यारेण्टीवापतको भुक्तानी रकम अमेरिकन डलर ६६ लाख २५ हजार र युरो १४ लाख ११ हजार ४५३ बैंक अफ काठमाण्डूलाई फिर्ता आएको बैंकका प्रमुख कार्यकारी अधिकृत श्रवण मास्केले जानकारी दिए ।

साथै, ग्यारेण्टीवापतको रकम भुक्तानी गर्ने गराउने काममा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्ने नेपाल सरकार तथा सम्बन्धित मातहतका निकायहरु बैंकले धन्यवाद ज्ञापन गरेको छ ।

प्रतिक्रिया