आयातसँगै निर्यात पनि घट्यो

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो महिनामा कूल वस्तु आयात झण्डै १३ प्रतिशतले घटेको छ । भन्सार विभागले आज सार्वजनिक गरेको गत साउन महिनाको विवरणअनुसार कूल आयात १२ दशमलव ९० प्रतिशतले घटेको छ ।
यस्तै, सोही महिनामा कूल वस्तु निर्यातसमेत २८ दशमलव ६८ प्रतिशतले ओरालो लागेको छ । विभागका अनुसार गत साउन महिनामा एक खर्ब ३१ अर्ब २८ करोड ६० लाख ६६ हजार बराबरको वस्तु आयात भएको छ । गत वर्षको सोही अवधिमा नेपालले एक खर्ब ५० अर्ब ७३ करोड १७ लाख १९ हजारको वस्तु आयात गरेको थियो ।
गत वर्षको साउनमा नेपालले २० अर्ब ७६ करोड ५१ लाख १७ हजार बराबरको वस्तु निर्यात गरेकामा चालु आवको सोही महिनामा १४ अर्ब ८० करोड ९७ लाखको वस्तु निर्यात गरेको तथ्याङ्कमा समावेश छ ।
गत साउन महिनामा कूल एक खर्ब १६ अर्ब ४७ करोड ६३ लाख बराबरको व्यापार घाटा भएको छ । गत वर्षको सोही महिनामा नेपालले एक खर्ब २९ अर्ब ९६ करोड ६६ लाख बराबरको व्यापारघाटा सहेको थियो ।
कूल एक खर्ब ४६ अर्ब नौ करोड ५७ लाख बराबरको वैदेशिक व्यापार भएको छ । विं.सं. २०७८ को साउनमा मुलुकले एक खर्ब ७१ अर्ब ४९ करोड ६८ लाख बराबरको वैदेशिक व्यापार गरेको थियो । विभागका अनुसार वस्तु आयातबाट ३१ अर्ब ९६ करोड १६ लाख बराबरको राजस्व सङ्कलन भएको छ ।















Motorcyclist dies in road accident
ट्रम्पको दाबी खण्डन गर्दै इरानले भन्यो : हाम्रा नयाँ सर्वोच्च नेता घाइते भएका छैनन्
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन
डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इनिशाको पोस्टमार्टम रिपोर्ट : बलात्कारपछि अत्यधिक रक्तस्राव हुँदा मृत्यु
इनिसा विक हत्या प्रकरण: थप अनुसन्धान सीआईबीले गर्ने
भोलिदेखि ग्यास आधा सिलिन्डर मात्रै पाइने
प्रतिक्रिया