रोहित सम्मिलित केडिरीको पाँचौ हार
मेरोन्यूज
२०७९ भदौ ८ गते ६:४१

काठमाडौं । इन्डोनेसियन लिगा वानमा नेपाली राष्ट्रिय फुटबलर रोहित चन्दको टिमले पाँचौ हार बेहोरेको छ । मंगलबार भएको खेलमा रोहितको टिम पर्सिक केडिरी पीएसएस स्लेमानसँग २–० ले पराजित भएको हो । पिएसएस स्लेमानको जितमा इर्खाम मिल्ला र किम कुर्नियावानले एक–एक गोल गरे ।
स्लेमानले पहिलो हाफको अन्तिम मिनेटमा मिल्लाले गरेको गोलबाट अग्रता लिएको थियो । यस्तै, खेल सकिँन चार मिनेट बाँकी रहँदा कुर्नियावानले अग्रता दोब्बर पारेसँगै पिएसएस स्लेमानले जित निश्चित गर्यो । खेलमा रोहितले निर्धारित ९० मिनेट नै मैदानमा बिताएका थिए ।
हारसँगै ६ खेलबाट एक अंकमात्र जोडेको केडिरी तालिकाको पुछारमा छ । यस्तै, समान खेलबाट आठ अंक जोडेको पिएसएस स्लेमान आठौं स्थानमा छ ।
सम्बन्धित









बसिर अहमद बने एनपिएलमा अर्धशतक जोड्ने १३औँ खेलाडी
कृषि विकास बैंकलाई अन्तर्राष्ट्रिय सम्मान
प्रधानमन्त्री र जेन-जी अगुवाबीच भेटवार्ता
खाडी मुलुक जाने श्रमिकका लागि हवाइ भाडादरमा छुट
कर्णालीविरुद्ध विराटनगरको रोमाञ्चक जीत
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
एनपीएलमा आज विराटनगर र चितवन खेल्दै
शेख हसिनालाई मृत्युदण्डको सजायविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने घोषणा
प्रतिक्रिया