रोहित सम्मिलित केडिरीको पाँचौ हार
मेरोन्यूज
२०७९ भदौ ८ गते ६:४१

काठमाडौं । इन्डोनेसियन लिगा वानमा नेपाली राष्ट्रिय फुटबलर रोहित चन्दको टिमले पाँचौ हार बेहोरेको छ । मंगलबार भएको खेलमा रोहितको टिम पर्सिक केडिरी पीएसएस स्लेमानसँग २–० ले पराजित भएको हो । पिएसएस स्लेमानको जितमा इर्खाम मिल्ला र किम कुर्नियावानले एक–एक गोल गरे ।
स्लेमानले पहिलो हाफको अन्तिम मिनेटमा मिल्लाले गरेको गोलबाट अग्रता लिएको थियो । यस्तै, खेल सकिँन चार मिनेट बाँकी रहँदा कुर्नियावानले अग्रता दोब्बर पारेसँगै पिएसएस स्लेमानले जित निश्चित गर्यो । खेलमा रोहितले निर्धारित ९० मिनेट नै मैदानमा बिताएका थिए ।
हारसँगै ६ खेलबाट एक अंकमात्र जोडेको केडिरी तालिकाको पुछारमा छ । यस्तै, समान खेलबाट आठ अंक जोडेको पिएसएस स्लेमान आठौं स्थानमा छ ।
सम्बन्धित
















निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकासँग पराजित
मुस्ताङमा ९ महिनामा लेक लागेर ८ पर्यटकको मृत्यु
इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
साँखुमा गोली चल्यो
प्रतिक्रिया