मंगलबार, माघ ६, २०८२

बैंक अफ काठमाण्डूका ग्राहकलाई किम्ची रेस्टुरेन्टमा छुट

मेरोन्यूज २०७९ भदौ ८ गते १७:३९

काठमाडौँ । बैंक अफ काठमाण्डू लिमिटेड र किम्ची फास्टफुड एण्ड तन्दुरी रेस्टुरेन्टबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको आदरणीय ग्राहक महानुभावलाई ८ प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको छ ।

Advertisement
thakur moters insidethakur moters inside

यस सम्झौतापश्चात् ग्राहक महानुभावले किम्ची फास्टफुड एण्ड तन्दुरी रेस्टुरेण्ट, अनामनगरमा उपलब्ध हुने सेवाहरूमा एकमुष्ठ ८ प्रतिशत छुट पाउने भएका हुन् । उक्त छुटको उपयोग गर्न ग्राहकले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नु पर्ने छ । किम्चीबाट सेवाग्राहीहरूलाई गुणस्तरीय सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको छ ।

हालसम्म बैंक अफ काठमाण्डूले १०३ शाखा कार्यालय, ९८ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई बैंकिङ्ग सेवा दिँदै आएको छ ।

प्रतिक्रिया