बेन्जिमा युईएफए वर्ष खेलाडी

काठमाडौं । साबिक च्याम्पियन्स लिग विजेता रियल मड्रिडका फरवार्ड करिम बेन्जिमाले शुक्रबार राति यूईएफए प्लेयर अफ दि इयरको अवार्ड जितेका छन् ।
फ्रान्सका अन्तर्राष्ट्रिय खेलाडी समेत रहेका बेन्जिमा गत सिजन उत्कृष्ट खेलाडी बन्दै अवार्ड जितेका हुन् । महिलातर्फको प्लेयर अफ दि इयर अवार्ड बार्सिलोनाकी एलेक्सिया पुटेलासले जितिन् ।
पुरुषको कोच अफ दि इयरको अवार्ड रियल मड्रिडका मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीले जिते । एन्सेलोटीले गत सिजन रियललाई च्याम्पियन्स लिग र ला लिगाको उपाधि दिलाएका थिए ।
महिलातर्फको कोच अफ दि इयरको अवार्ड सरिना विग्मानले जितिनइटालीका पूर्व खेलाडी तथा प्रशिक्षक एरिगो साच्चीले यूईएफए प्रेसिडेन्ट अवार्ड प्राप्त गरे ।
यूईएफएले बिहिवार राति नै च्याम्पियन्स लिग फुटबलको समूह चरणको ड्र सार्वजनिक गरेको छ ।
ड्र अनुसार दुई महारथी क्लब बार्सिलोना र बायर्न म्युनिख समूह सी मा मा परेको छन् ।अन्य समूहको तुलनामा यो समूहलाई कठिम मानिएको छ । यस समूहमा इन्टर मिलान र भिक्टोरिया प्लेजन रहेको छ ।
समूह ुएु मा आयाक्स, लिभरपुल, नापोली र रेन्जर्स रहेको छ । समूह ुबीु मा पोर्टो, एट्लेटिको मड्रिड, बायर्न लिभरकुसेन र क्लब ब्रुग रहेको छ।
समूह ुडीु मा फ्रान्कफर्ट, टोटेनहम, स्पोर्टिङ सीपी र मार्से ररहदा समूह ुईु मा एसी मिलान, चेल्सी, साल्जवर्ग र डिनामो जाग्रेब छन् । समूह ुएफु मा रियल मड्रिड, लाइपजिग, शाख्तर डोनेक्स्ट र सेल्टिक रहेको छ ।
समूह ुजीु मा म्यानचेस्टर सिटी, सेभिया,बोरुसिया डर्टमण्ड र कोपेनहेगन रहदा समूह ुएचु मा पेरिस सेन्ट जर्मेन ९पीएसजी०, युभेन्ट्स, बेन्फिका र हाइफा रहेका छन् ।
















निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकासँग पराजित
मुस्ताङमा ९ महिनामा लेक लागेर ८ पर्यटकको मृत्यु
इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
साँखुमा गोली चल्यो
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
प्रतिक्रिया