दूरसञ्चार नियामका दक्षिण एसियाका प्रतिनिधि काठमाडौंमा भेला हुँदै
मेरोन्यूज
२०७९ भदौ १० गते ९:५६
काठमाडौं । दक्षिण एसियाका दूरसञ्चार नियामक निकायका प्रतिनिधिहरुको भेला काठमाडौंमा हुने भएको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणको आयोजनामा ३–५ सम्म ‘साउथ एसिया टेलिकम्युनिकेशन रेगुलेटर्स काउन्सिल’को वर्कशपमा दक्षिण एसियाका दुरसञ्चार नियामक निकायका प्रतिनिधिको भेला हुन लागेको हो ।
दूरसञ्चार क्षेत्रमा विश्वमा विकसित पछिल्लो प्रबिद्यिका बारेमा छलफल हुने बताएको छ । जसअनुसार फाइभज, आर्टिफिसियल इन्टिलिजेन्स, साइवर हमलालगायतका १० वटा सत्रमा प्राधिकरणले छलफल चलाउने छ ।
प्रत्येक वर्ष हुँदै आएको सो वर्कशप यसपटक नेपालमा हुन लागेको हो । धुलिखेल रिर्सोटमा तीन दिनसम्म चल्ने सो वर्कशपमा हवावे, फेसबुकका प्रतिनिधिहरु पनि सहभागी प्राधिकरणका निर्देशक दिपक आचार्यले जानकारी दिएका छन् ।
सम्बन्धित















Gorkha Microbus Accident Update: Seven victims identified
ट्रम्पको दाबी खण्डन गर्दै इरानले भन्यो : हाम्रा नयाँ सर्वोच्च नेता घाइते भएका छैनन्
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन
डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु
यस्तो छ आज तरकारीको थोक मूल्य
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इनिशाको पोस्टमार्टम रिपोर्ट : बलात्कारपछि अत्यधिक रक्तस्राव हुँदा मृत्यु
भोलिदेखि ग्यास आधा सिलिन्डर मात्रै पाइने
इनिसा विक हत्या प्रकरण: थप अनुसन्धान सीआईबीले गर्ने
प्रतिक्रिया