हिमालयको भैरहवामा पहिलो ट्रेनिङ फ्लाइट

भैरहवा । भैरहवास्थित गौतमबुद्ध अन्तर्रष्ट्रिय विमानस्थलमा बिहीबार हिमालय एयरलाइन्सले पाइलटको ट्रेनिङ फ्लाइट गरेको छ । निर्माण सम्पन्न भई संचालनमा आएको ३ महिना पश्चात अन्तर्राष्ट्रिय उडान गर्ने नेपाली वायुसेवा कम्पनी हिमालयले बिहीबार अपरान्ह १२ बजेदेखि साँझ ५ बजेसम्म पाइलटहरूको ट्रेनिङको लागि परीक्षण उडान गरेको हो ।
पहिलो पटक भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थलमा टेनिङको लागि बिहान १२ बजे ९९५ विमानले अवतरण गरेको छ । काठमाडौंबाट पाइलटहरु मात्र बोकेको हिमालयको जहाज भैरहवामा ५ बजेसम्म रहने विमानस्थल प्रशासनले जानकारी दिएको छ । भैरहवाबाट आएको जहाज ट्रान्जिट उडानका रुपमा अवतरण गरेको हो ।
यो विमानस्थल सञ्चालनमा आएपछि पहिलो पटक हिमालय एयरलाइन्सको जहाज भैरहवा आएको हो । अहिले जजिरा एयरवेजले मात्र अन्तर्राष्ट्रिय उडान गर्दै आएको भैरहवा विमानस्थलका प्रमुख गोविन्द दाहालले भने, ुयहाँबाट सफलतापूर्वक सम्पन्न गरि गएको र सबै कुरा राम्रो भन्ने आएकोले भविष्यमा हिमालय एयरलाइन्सले पनि यहाँबाट उडान गर्ने सम्भावना छ ।ु
महङ्गो मानिएको यो तालिम नेपाली एयरलाइन्सहरूले यसअघि प्रायस् भारतको बनारसमा गर्ने गरेका थिए । जहाजहरुले आफ्नो उड्ने र ओर्लने गन्तव्यभन्दा बाहिर (बेसभन्दा बाहिर) लगेर पाइलटलाई तालिम दिनुपर्ने हुन्छ । जसले विदेश जाने ठूलो धनराशीसमेत जोगिने भएको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुरेश झाले भने, यस्ता तालिम नभए पाइलटहरू तयार हुन सक्दैनन् र क्याप्टेन हुन सक्दैनन् । धेरै महङ्गो हुने भएकोले समूहमा यो तालिम गर्ने गरिएको छ ।
गत २ जेठबाट गौतमबुद्धमा व्यावसायिक उडान सुरु भएको हो । त्यसयता जजिराले हप्तामा सोमबार, बुधबार र शनिबार गरी तीन दिन उडान गर्दै आएको छ । वायुसेवा कम्पनीहरूलाई आकर्षित गर्न सरकारले यसअघि नै गौतमबुद्ध विमानस्थलमा एक वर्षका लागि अवतरण, सञ्चार, सुरक्षा लगायतमा शुल्कमा विमान कम्पनीलाई पूर्ण छुट दिएको छ ।
















सप्तरी–३ मा उपेन्द्र यादवको उम्मेदवारी
प्रतिनिधि सभा सदस्य निर्वाचन : कतिले गराए उम्मेदवारी दर्ता ?
Former PM Dr Bhattarai files candidacy for HoR polls
UML Chair and former PM Oli files nomination for HoR polls from Jhapa-5
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
आइसिसी महिला टी-२० विश्वकप छनोट: आज पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
प्रतिक्रिया