सामसङका ग्लोबल प्रेसिडेन्ट पार्क र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

नेपाल भ्रमणमा रहेका सामसङ इलेक्ट्रोनिक्सका ग्लोबल प्रेसिडेन्ट तथा सिएफ ओएचके पार्कले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर उनले देउवासँग शिष्टाचार भेट गरेका हुन्। भेटमा पार्कसँग कम्पनीका अन्य वरिष्ठ अधिकारीहरूको पनि सहभागिता थियो।
पार्कले प्रधानमन्त्री देउवालाई सामसङले इलेक्ट्रोनिक्स उत्पादन, रिटेलर रोजगारी सिर्जनाका क्षेत्रमा गरिरहेको विभिन्न पहलका बारेमा जानकारी गराए। उनले यस प्रकारको पहलले भविष्यमा समुदाय, विशेष गरी नेपाली युवाहरूको हितमा काम गरिने सामसङको प्रतिबद्धता रहेको दोहोर्याए ।
सामसङले आफ्नो स्थानीय साझेदार हिम इलेक्ट्रोनिक्स (गोल्छा समुह) सँग मिलेर नवलपरासीमा एलइडि टिभी उत्पादन गर्ने कारखाना सञ्चाल नगर्ने घोषणा गरिसकेको छ । नेपालमा इलेक्ट्रोनिक्स उत्पादनहरू गर्न यस नयाँ उद्योगबाट बल पुग्नेमा सामसङ विश्वस्त छ ।
सामसङले नेपालमा दुई दशकदेखि आफ्नो व्यापार गरिरहेको छ। आज देशमा यो ब्रान्ड घरेलु नाम बनिसकेको छ । यसले हाल नेपाली बजारमा आफ्ना साझेदारहरूमार्फत स्मार्टफोन र उपभोक्ता इलेक्ट्रोनिक्स उत्पादनहरू जस्तै टेलिभिजन, रेफ्रिजरेटर, वाशिङ मेसिन र माइक्रोवेभहरू बिक्री गर्दै आएको छ ।
















मुलुकबाट अन्योल र अनिश्चितताको अन्त्य भयो, सिङ्गो राष्ट्र निर्वाचनको महाकुम्भमा होमियाे :प्रधानमन्त्री कार्की
सिन्धुली-२ मा नेकपाभित्र किचलो : हरिबोल गजुरेलकाे प्रस्तावमा महेश्वर दाहालकाे बागी उम्मेदवारी
कैलाली १ मा डा. जनकराज शाहद्वारा उम्मेदवारी दर्ता
रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता
यी हुन् नेकपाका १६५ उम्मेदवार
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
आइसिसी महिला टी-२० विश्वकप छनोट: आज पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
प्रतिक्रिया