आइतबार, चैत १, २०८२

निक इलेक्ट्रो टेक २०२२ को स्टल बुकिङ खुल्ला

मेरोन्यूज २०७९ भदौ १० गते १७:३४

काठमाडौँ । उर्जा तथा विद्युतीय व्यवसायको विकास, आन्तरिक उर्जा खपतको अभिवृद्घि तथा आन्तरिक र अन्तर्राष्ट्रिय व्यापारको सहजीकरणका लागि नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स प्रदर्शनी एवं गोष्ठीको दसौँ संस्करण सुरु हुने भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

संस्करणको दसौँ ‘निक इलेक्ट्रो टेक २०२२’ आगामी मंसिर २२ देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी कक्षमा आयोजना हुने भएकोे हो । महासंघले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय उर्जा तथा विद्युतीय व्यवसायी कम्पनीलाई सहभागी हुन आह्वान गर्दै प्रदर्शनीका लागि स्टल बुकिङ खुल्ला गरेको छ ।

प्रदर्शनीमा स्वदेशी तथा विदेशी कम्पनीद्वारा उत्पादित ट्रान्समिसन तथा डिष्ट्रिव्यूसन सामाग्रीहरू, उर्जा उत्पादक यन्त्रहरू, उर्जा आपूर्ति तथा नियन्त्रण यन्त्रहरू, हाउस वायरिङ सामाग्रीहरू, वायर, केबल तथा कण्डक्टरहरू, एलिडी लाइटिङ फिक्चर्स ट्यूब तथा चिमहरू, घरेलु विद्युतीय उपकरणहरू, इलेक्ट्रोनिक उपकरणहरू, कार्यालय प्रविद्यि, बहुसञ्चार सम्बन्धी उपकरणहरू, सूचना प्रविद्यि, विद्युतीय सवारी साधन तथा वैकल्पीक उर्जा कम्पनीहरू सहभागी हुन सक्ने छन् ।

प्रदर्शनीको व्यवस्थापन ग्लोबल एक्स्पोजिशन एण्ड मेनेजमेन्ट सर्भिसेजले गर्दैछ । प्रदर्शनीका संयोजक तथा महासंघका अध्यक्ष सुदर्शन प्रसाद पौड्यालका अनुसार स्टल बुकिङ गर्न इच्छुक कम्पनीले electrotech@feen.org.np वा keshab@globalexposition.com.np सम्पर्क गरी जानकारी लिन सक्ने छन् ।

प्रतिक्रिया