शनिबार, मंसिर १३, २०८२

केन्यालाई पराजित गर्न नेपालले पायो १३३ रनको लक्ष्य

मेरोन्यूज २०७९ भदौ १० गते १७:४०

काठमाडौँ । दोस्रो टी २० अन्तर्राष्ट्रिय खेलमा नेपाललाई केन्याले १३३ रनको लक्ष्य दिएको छ । नैरोवीस्थित जिमखान क्रिकेट मैदान नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको गरेको केन्याले ८ विकेट गुमाएर १३२ रन बनाएको हो ।

केन्याका लागि राकेप पटेलले सर्वाधिक ३५ रन बनाए । यस्तै, नेहेमिह ओडिएम्बोले ३१, इर्फान २२ रन बनाए । सचिन बुडिअले १४ रन जोडे ।

नेपालका लागि सन्दीप लामिछाने, करण केसी र दीपेन्द्र सिंह ऐरीले २–२ विकेट लिए । यस्तै, पवन सर्राफले १ विकेट लिए ।

दीपेन्द्र सिंह ऐरीले एक नटआउट गराएका थिए । पहिलो टी २० मा नेपालले केन्यालाई ५ विकेटले पराजित गरेको थियो ।

प्रतिक्रिया