मंगलबार, माघ ६, २०८२

नेप्से परिसूचक ३३ अंकले गिरावट, कारोबार रकम बढ्यो

मेरोन्यूज २०७९ भदौ १२ गते १५:३८

काठमाडौँ । साताको पहिलो दिन आज नेप्से परिसूचक दोहोरो अंकले गिरावट आएको छ । योसँगै आज नेप्से बजार दुई हजारको बिन्दुभन्दा तल आइपुगेको छ ।

साताको पहिलो कारोबार दिने आइतबार बजार परिसूचक ३३.३६ अंक (१.६५ प्रतिशत)ले गिरावट भई १९८९.२६ अंकमा पुगेर बन्द भएको छ । योसँगै नेप्सेका सबै उपसूचक गिरावट भएको छ ।

आज कारोबार रकम भने दुई अर्बभन्दा बढी पुगेको छ । आज ६१ लाख ४८ हजार ३४१ कित्ता सेयर किनबेच हुँदा दुई अर्ब पाँच करोड ९७ लाख ३७ हजारको कारोबार भएको छ ।

जसमध्ये अरुण कावेली पावरको १० करोड ३३ लाख ६२ हजारकधो कारोबार हुँदा शिवम् सिमेण्टको सात करोड १५ लाख ४१ हजारको कारोबार भएको छ ।

प्रतिक्रिया