टी २० क्रिकेटमा नेपालको वरियता खस्कियो
मेरोन्यूज
२०७९ भदौ १३ गते १५:४६

काठमाडौँ । नेपाली क्रिकेट टिमको टी–२० वरियता खस्किएको छ । आईसीसीले सोमबार जारी गरेको वरियतामा नेपाल एक स्थान खस्किएको हो ।
यसअघि १४ औँ स्थानमा रहेको नेपाल १५ औँ स्थानमा पुगेको छ । वरियता खस्किएसँगै सन् २०२४ मा अमेरिका र वेष्टइण्डिजमा हुने टी–२० विश्वकपमा सोझै छनोट हुने सम्भावन कमजोर बनेको छ । यसमा १२ टिम सोझै प्रतियोगिता छनोट हुने छन् ।
हाल नेपाली राष्ट्रिय टिम टी–२० र एक दिवसीय शृंखलाका लागि केन्या भ्रमणमा रहेको छ । नेपालले केन्यासँग पाँच टी–२० खेलको शृंखला खेल्ने तालिका छ । शृंखलामा नेपाल २–१ ले अघि छ ।
नेपालले पहिलो खेलमा केन्यालाई पाँच विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा १८ रनले पराजित भएको नेपालले तेस्रो खेलमा चार विकेटले विजयी भएको थियो ।
सम्बन्धित
















निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकासँग पराजित
मुस्ताङमा ९ महिनामा लेक लागेर ८ पर्यटकको मृत्यु
इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
साँखुमा गोली चल्यो
प्रतिक्रिया