शनिबार, मंसिर १३, २०८२

टी २० क्रिकेटमा नेपालको वरियता खस्कियो

मेरोन्यूज २०७९ भदौ १३ गते १५:४६

काठमाडौँ । नेपाली क्रिकेट टिमको टी–२० वरियता खस्किएको छ । आईसीसीले सोमबार जारी गरेको वरियतामा नेपाल एक स्थान खस्किएको हो ।

यसअघि १४ औँ स्थानमा रहेको नेपाल १५ औँ स्थानमा पुगेको छ । वरियता खस्किएसँगै सन् २०२४ मा अमेरिका र वेष्टइण्डिजमा हुने टी–२० विश्वकपमा सोझै छनोट हुने सम्भावन कमजोर बनेको छ । यसमा १२ टिम सोझै प्रतियोगिता छनोट हुने छन् ।

हाल नेपाली राष्ट्रिय टिम टी–२० र एक दिवसीय शृंखलाका लागि केन्या भ्रमणमा रहेको छ । नेपालले केन्यासँग पाँच टी–२० खेलको शृंखला खेल्ने तालिका छ । शृंखलामा नेपाल २–१ ले अघि छ ।

नेपालले पहिलो खेलमा केन्यालाई पाँच विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा १८ रनले पराजित भएको नेपालले तेस्रो खेलमा चार विकेटले विजयी भएको थियो ।

प्रतिक्रिया