एनसीसी बैंक र कर्णाली कियर इन्टरनेशनल हस्पिटलबीच सम्झौता

काठमाडौँ । नेपालको वित्तीय क्षेत्रमा विगत २५ वर्षदेखि बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दै आएको एनसीसी बैंकले आफ्ना ग्राहकलाई कर्णाली कियर इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.मा विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ ।
सम्झौता पत्रमा बैंकका तर्फबाट कर्णाली प्रदेश प्रमुख चेतकान्त जैसी बञ्जाडे र कर्णाली कियर इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टरका तर्फबाट उप निर्देशक दिपक कुमार गौतमले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार बैंकको भिसा डेभिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताले उक्त कर्णाली कियर इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.मा डिलक्स क्याबिनमा २५ प्रतिशत, नर्मल क्याबिन र होल बडी जाँचमा २० प्रतिशत, अप्रेसन चार्जमा १५ प्रतिशत, सीटी स्क्यान तथा एक्स रेलगायत सेवामा १० प्रतिशतलगायत विभिन्न सेवा छुट प्राप्त हुनेछ ।
देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले १५६ शाखा १५ एक्स्टेन्सन काउन्टर र १३३ एटीएम बुथ सञ्चालन गरीे ग्राहकहरूलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ ।















दराजले ल्यायाे ‘द रियल सेल’, ६० प्रतिशतसम्म छुटसँगै यस्ता छन् आकर्षक अफर
मध्य नाइजेरियामा बन्दुकधारीको आक्रमण, २० जनाको मृत्यु
रास्वपाले भन्यो – नयाँ सरकार बन्न १० दिनजति लाग्छ
महोत्तरीबाट १०९ किलो गाँजा प्रहरीको नियन्त्रणमा
मनकामना माइक्रोबस दुर्घटनाका घाइते जोखिममुक्त
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इनिशाको पोस्टमार्टम रिपोर्ट : बलात्कारपछि अत्यधिक रक्तस्राव हुँदा मृत्यु
भोलिदेखि ग्यास आधा सिलिन्डर मात्रै पाइने
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
इनिसा विक हत्या प्रकरण: थप अनुसन्धान सीआईबीले गर्ने
प्रतिक्रिया