मंगलबार, माघ ६, २०८२

एनसीसी बैंक र कर्णाली कियर इन्टरनेशनल हस्पिटलबीच सम्झौता

मेरोन्यूज २०७९ भदौ १३ गते १६:४३

काठमाडौँ । नेपालको वित्तीय क्षेत्रमा विगत २५ वर्षदेखि बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दै आएको एनसीसी बैंकले आफ्ना ग्राहकलाई कर्णाली कियर इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.मा विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ ।

सम्झौता पत्रमा बैंकका तर्फबाट कर्णाली प्रदेश प्रमुख चेतकान्त जैसी बञ्जाडे र कर्णाली कियर इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टरका तर्फबाट उप निर्देशक दिपक कुमार गौतमले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार बैंकको भिसा डेभिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताले उक्त कर्णाली कियर इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.मा डिलक्स क्याबिनमा २५ प्रतिशत, नर्मल क्याबिन र होल बडी जाँचमा २० प्रतिशत, अप्रेसन चार्जमा १५ प्रतिशत, सीटी स्क्यान तथा एक्स रेलगायत सेवामा १० प्रतिशतलगायत विभिन्न सेवा छुट प्राप्त हुनेछ ।

देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले १५६ शाखा १५ एक्स्टेन्सन काउन्टर र १३३ एटीएम बुथ सञ्चालन गरीे ग्राहकहरूलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया